अन्तर्राष्ट्रिय

ट्वान्टी ट्वान्टी विश्वकप भारतबाट सर्ने

Published

on

यसै वर्ष आयोजना हुने ट्वान्टी ट्वान्टी विश्वकप भारतबाट सर्ने भएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या नघटेका कारण अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतको सट्टामा अब विश्वकप युएईमा आयोजना गर्ने भएको छ ।

१६ टोली सम्मिलित विश्वकप अक्टोबर १७ मा सुरु भएर नोभेम्बर १४ मा सकिने छ । 

भारतीय क्रिकेट बोर्ड (बिसीसीआई) ले यस अघि कोरोनाका कारण रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) युएईमा नै सेप्टेम्बर १९ देखि अक्टोबर १५ सम्म आयोजना हुनेछ भने त्यसको दुई दिन पछि नै विश्वकप सुरु हुनेछ ।      

विश्वकप भारतबाट युएईमा सार्नको लागि बिसीसीआईले आईसीसीलाई आधिकारिक रुपमा निर्णय भने दिएको छैन । तर पनि आईसीसीले विश्वकपका बारेमा निर्णय लिनका लागि बिसीसीआईलाई दिएको एक महिनाको समय सकिन अब केही दिन मात्र बाँकी रहेको छ । 

भारतमा कोरोना संक्रमण दर अझै पनि बढी रहेका छ भने अहिलेको आँकलन अनुसार अक्टोबर नोभेम्बरको समयमा भारतमा कोरोनाको तेश्रो लहर सुरु हुने प्रक्षपण गरिएको छ । बिसीसीआई आफैले आईपीएल भारतमा गर्न सहज नदेखे पछि युएईमा आयोजना गर्न लागेको कारण पनि विश्वकप आयोजना गर्न कठिन रहेको आईसीसीको ठम्याइ छ ।  

आईपीएलका कारण शारजाह, दुबई र आबु धाबीका रंगशालाहरुको पिचमा असर पर्ने भएका आईसीसीले समूह चरणका खेलहरू ओमान र युएईमा गराउनको लागि गृहकार्य पनि सुरु गरिसकेको छ ।    

Click to comment

Trending