Headline

फिफा वरीयतामा नेपाली महिला टोली एक स्थान माथि

Published

on

फिफा महिला फुटबल वरीयतामा नेपालले एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १०० औँ स्थानमा रहेको छ । नेपाल यस अघि १०१ औँ स्थानमा थियो ।

एसियामा नेपाल २१ औं स्थानमा छ । दक्षिण एसिया नेपाल दोस्रो स्थानमा छ । भारत ५७ औँ स्थानमा रहेको छ ।

विश्व वरीयतामा भने अमेरिका पहिलो स्थानमा छ । यस्तै जर्मनी दोस्रो, फ्रान्स तेस्रो, नेदरल्यान्ड्स चौथो, स्वीडेन पाँचौं, इंग्ल्यान्ड छैठौं, ब्राजिल सातौं, क्यानडा आठौं, अष्ट्रेलिया नवौं र जापान १० औं स्थानमा छन् ।

नेपाली महिला टोलीले आउने सेप्टेम्बरमा एसियन कपको छनोट खेल्दै छ ।

Click to comment

Trending