अन्तर्राष्ट्रिय

बटलरले श्रीलंका विरुद्धको बाँकी खेलहरू गुमाउने 

Published

on

इंग्ल्यान्डका उपकप्तान तथा विकेटकिपर जस बटलरले चोटका कारण श्रीलंका विरुद्धको बाँकी शृंखला गुमाउने भएका छन् ।  

श्रीलंका विरुद्ध बुधबार भएको पहिलो ट्वान्टी ट्वान्टी खेलका क्रममा पिडौलाको माम्सपेसी च्यातिए पछि उनले बाँकी खेलहरू खेल्न नसक्ने भएका हुन् । उनको अविजित ६८ रनको मद्दतमा इंग्ल्यान्डले आठ विकेटको सहज जित दर्ता गराएको थियो ।

पहिलो खेलका क्रममा उनले आफ्नो खुट्टामा असजिलो महसुस गरेका थिए । तर पनि उनले आफ्नो खेललाई निरन्तरता दिए । बिहीबार बिहान एआरआई गर्दा उनको पिडौलाको माम्सपेसी च्यातिएको थाहा भएको थियो । चोटका कारण नै उनले हिजो सम्पन्न दोश्रो ट्वान्टी ट्वान्टी खेल गुमाएका थिए भने अब उनी आफ्नो घर फर्किएर थप उपचार गर्नेछन् ।

तीन खेलको ट्वान्टी ट्वान्टी शृंखलामा घरेलु टोली इंग्ल्यान्ड २-० ले अघि रहेको छ । तेश्रो तथा अन्तिम ट्वान्टी ट्वान्टी खेल शनिबार हुनेछ भने त्यस पछि दुबै टोली एकदिवसीय शृंखलामा भिड्ने छन् ।     

बटलरले श्रीलंकासँगको शृंखलाका बाँकी खेलहरु गुमाउने भए पछि दाविद मालानलाई एकदिवसीय टोलीमा समावेश गरिएको छ ।    

 

Click to comment

Trending