Euro 2020

८२ वर्ष लामो किर्तिमान भंग गर्ने दाउमा इटाली

Published

on

युरो कप अन्तर्गत गत आइतबार सम्पन्न समुह चरणको खेलमा वेल्सलाई १–० ले पराजित गर्दै इटालीले आफ्नो अपराजित यात्रालाई ३० खेल सम्म लम्ब्याइसकेको छ ।

रोबर्टो मान्चिनीको टोलीले इटालीलेआफ्नो फुटबल इतिहासकै अपराजित ३० खेलको किर्तिमान बराबरी गरेको थियो । इटालीले अब युरो कपको अन्तिम १६ को खेलमा अष्ट्रियाको सामना गर्दैछ । यदी इटालीले अष्ट्रियालाई पराजित गरेको खण्डमा सबैभन्दा बढी खेलमा अपराजित यात्रा कायम राख्ने ८२ वर्ष पुरानो आफ्नै किर्तिमान भंग गर्नेछ ।

यस अघि इटाली अक्टोबर १९३५ देखि जुलाई १९३९ सम्म लगातार ३० खेलमा अपराजित रहेको थियो । भिटोरियो पोज्जोको प्रशिक्षणमा इटालीले उक्त समय ३० खेलमा पराजित रहंदा १९३८ विश्वकपको उपाधि चुम्नुको साथै सन् १९३६ को ओलम्पिकमा स्वर्ण पदक पनि जितेको थियो ।

मान्चिनीले प्रशिक्षण सम्हाले पछि इटालीले मात्र दुई खेलमा हारको सामना गरेको छ । सन् २०१८ को सेप्टेम्बरमा सम्पन्न नेसन्स लिगमा इटाली माथि क्रिष्चियानो रोनाल्डोको पोर्चुगल हाबी भएको थियो । उक्त खेलमा १–० ले पराजित भए यता खेलेका कुनै पनि खेलमा इटालीले हार व्यहोर्न परेको छैन ।

सबैभन्दा लामो अपराजित यात्राको सुची

टिम  खेल   वर्ष 
ब्राजिल ३५ सन् १९९३ – सन् १९९६
स्पेन ३५ सन् २००७ – सन् २००९
अर्जेन्टिना ३१ सन् १९९१ – सन् १९९३
इटाली ३० सन् १९३५ – सन् १९३९
इटाली ३० सन् २०१८ – हाल सम्म
फ्रान्स ३० सन् १९९४ – सन् १९९६
अल्जेरिया २७ सन् २०१८ – हाल सम्म
वेस्ट जर्मनी २३ सन् १९७८ – सन् १९८१
फ्रान्स २३ सन् २०१० – सन् २०१२

त्यती मात्र हैन इटालीले आफुले खेलेका पछिल्ला ११ खेलमा गोल पनि खाएको छैन ।

मान्चिनी आफ्नो अहिलेको टोलीले भन्दा पोज्जोको समयको टोली निकै राम्रोर उत्कृष्ट रहेको र त्यस अनुरुप प्रदर्शन गर्न सहज नहुने बताउंछन् । त्यस्तै उनी आफ्नो खेलाडीहरुलाई उक्त किर्तिमान बराबरी गर्न सकेकोमा गर्व गर्न सुझाउँछन् ।

इटालीले युरो कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको खण्डमा धेरै खेलमा अपराजित रहने टोलीको सुचीको दोश्रो स्थानमा अर्जेन्टिनासँग बराबरी गर्ने छ । अर्जेन्टिनाले सन् १९९१ देखि सन् १९९३ सम्म आफुले खेलेका ३१ खेलमा हारको सामना गर्न परेको थिएन ।

सबैभन्दा धेरै खेलमा अपराजित रहने किर्तिमान भने संयुक्त रुपमा ब्राजिल र स्पेनको नाममा रहेको छ । ब्राजिल सन् १९९३ देखि सन् १९९६ सम्म तथा स्पेन सन् २००७ देखि २००९ सम्म आफुले खेलेका ३५ खेलमा अपराजित रहेका थिए ।

 

Click to comment

Trending