Headline

हामी एसियन कप छनोट खेल्न आतुर छौँ- मुख्य प्रशिक्षक ग्यारी फिलिप्स

Published

on

नेपाली महिला राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारी फ्लिलिप्सले वुमन्स एसिया कप छनोट खेल्नका लागि नेपाली टोली आतुर रहेको बताएका छन् ।

“नेपाली महिला टोलीको लागि यो निकै ठुलो प्रतियोगिता हो र हामी यो छनोट खेल्न साथ साथै हङकङ र फिलिपिन्सलाई स्वागत गर्न पाउँदा निकै खुशी छौ,” ग्यारीले भने ।

नेपालले आउँदो सेप्टेम्बर १३ देखी आफ्नै घरमा एसियन कप छनोट खेल्दै छ । नेपाल समुह ‘एफ’ मा हङकङ र फिलिपिन्ससँग रहेको छ । हङकङ र फिलिपिन्स दुवै नेपाल भन्दा माथिल्लो वरीयताका टोलीहरु हुन् ।

समुह बिजेताले मात्रै अर्को चरण खेल्न पाउने भएकाले यो प्रतियोगिता एतिहासिक हुने पनि ग्यारीले बताए ।

“हामी भन्दा हङकङ र फिलिपिन्सका राष्ट्रिय टोली निकै बलियो छन् तर पनि हाम्रो मुख्य लक्ष्य भनेको समुह ‘एफ’ को शिर्ष स्थानमा सकाउनु हुने छ,” ग्यारीले थपे ।

“हामी खेलाडीहरुको क्याम्प चाँडै गराउने छौँ साथै कोभिडको केसहरु चाँडै सकिएको अवस्थामा हामी हाम्रो दर्शकको अगाडि सबै खेल खेल्न चाहान्छौँ र देशलाई अर्को चरणमा पुर्याउने कोशीस गर्ने छौँ।” उनले भने ।

महिला खेलाडीहरुले गएको फाल्गुनमा लिग सकिए यता कुनै प्रतियोगिता खेलेका छैनन् र महिला टोलीकी फर्वार्ड सवित्रा भण्डारीले पनि यो प्रतियोगिता चोटका कारण गुमाउने छिन् ।

 

Click to comment

Trending