Euro 2020

इटालीको उडानलाई गति दिएका सानो उल्लु

Published

on

मार्को भेराट्टी चोटबाट फर्किए पछि इटालीको उडानले नयां गति पाउदै उ युरो कपको प्रमुख दाबेदारको रुपमा अगाडी आएको छ ।

६ हप्ता घुंडाको चोटका कारण बाहिर बस्न बाध्य पेरिस सेन्ट जर्माइन मिडफिल्डर फर्किएर आउदा उनको प्रदर्शनका कारण इटालीले वेल्सलाई पराजित गर्दै समुह चरणमा शत प्रतिशत जित निकाल्न सक्यो ।

वेम्ब्लीमा हुने अन्तिम १६ को खेलमा अब इटालीले अष्ट्रियाको सामना गर्दैछ ।

‘लिटल आवल’ (सानो उल्लु) उपनाम पाएका भेराट्टीको फ्रि किकले माटियो पेस्सिनाका लागि वेल्सबिरुद्धको एक मात्र निर्णायक गोलका लागि सेट गरेको थियो । दोश्रो हाफमा लियोनार्डो बोनुच्ची स्थानान्तरण हुंदा २८ बर्षिय भेराट्टीले कप्तानको आर्म ब्याण्ड लगाएका थिए ।

त्यसअघि नै नियमित कप्तान जर्जियो किलिनी मांसपेशीको समस्याका कारण उक्त खेलमा अनुपस्थित रहेका थिए ।

रोमको ओलम्पिक स्टेडियममा मैदान छोड्दा प्रशिक्षक रोबर्टो मान्चिनीले भेराट्टीलाई अंकमाल गरेका थिए । अर्का मिडफिल्डर जोर्गिन्होसंग पुरै खेल खेलेका भेराट्टीले मान्चिनीको अपेक्षा भन्दा धेरै राम्रो प्रदर्शन गरेका थिए ।

“भेराट्टीले इटालीको टिममा सबैजना शुरुवात गर्न सक्ने खेलाडी भएको स्पष्ट पारेका छन्,” पिएसजी खेलाडीलाई फर्ममा रहेका मिडफिल्डर म्यानुएल लोकाटेलीकोस्थान दिएका मान्चिनीले भने ।

भेराट्टी र जोर्गिन्हो मान्चिनीको पहिलो रोजाईको मिडफिल्ड जोडी हुन् । दुवै खेलाडीले राम्रो प्रदर्शन गर्दा मान्चिनीलाई १९६८ पछि पहिलो पटक इटालीलाई युरो कप जिताउने आत्मबिश्वास मिलेको छ ।

युरोपियन मञ्चमा दुवै खेलाडीले प्रशस्त अनुभव बटुलेका छन् । भेराट्टी २०२० मा पिएसजीका लागि च्याम्पियन्स लिग उपबिजेता हुन् भने ब्राजिलियन मुलका २९ बर्षिय जोर्गिन्हो गत सिजन चेल्सीका लागि उपाधि हात पारेका हुन् ।

वेल्सबिरुद्ध ८ परिवर्तन गरेका मान्चिनीले जोर्गिन्होसंगै अन्य दुईलाई सबै खेल खेलाएका छन् । भेराट्टीको अनुपस्थितिमा शुरुको दुई खेल खेलेका लोकाटेलीले स्विट्जरल्याण्डबिरुद्धको खेलमा दुई गोल गरेका थिए ।

भेराट्टी फर्किए पनि लोकाटेली शुरुवाती ११ मा केही भुमिकामा रहने आशा राख्नेछ्न । मान्चिनीले फ्लोरेन्समा भएको अभ्यासका दौरान दुवै खेलाडीहरुलाई एक पछि अर्को मौका दिदै खेलाएका थिए ।

“हामीले यो टिम सबैको लागि हो भन्दै गर्दा यसै भनिरहेको हुदैनौं,” अगष्ट २०१२ मा इंगल्याण्डबिरुद्ध डेब्यु गरेयता ४१ अन्तर्राष्ट्रियमा तीन गोल गरेका भेराट्टीले भने । हामी यहां२६ जना छौं र आफ्नो देशको लागि खेल्दा निकै गौरवान्वित छौं ।

“म टिममा फर्कन पाउदा निकै खुशी छु र मान्चिनी मेरो लागि पर्खिएकोमा खुशी पनि छु । यस्तो(चोटले लामोसिजन गुमाउनु) २०१६ मा भएको थियो र फेरि पनि हुन्छ कि जस्तो लागेको थियो । वेल्सबिरुद्धको खेल मेरो लागि निकै बिशेष थियो,” उनले थपे।

रेकर्डमा आखा

इटाली २०१८ को बिश्वकपमा छनोट हुन असफल भएपछि मान्चिनीले टिम सम्हालेका थिए । पुर्व म्यानचेस्टर सिटी व्यवस्थापकको आगमनपछि इटालीले ३५ खेलमा मात्र दुई हार व्यहोरेको छ । यस क्रममा इटालीले २६ जित र सात बराबरी गरेको छ ।

भेराट्टी र जोर्गिन्हो इटाली पराजित दुवै खेलमा अनुपस्थित रहेका थिए । इटालीले २०१८ को बिश्वकप अघि भएको मैत्रीपूर्णमा फ्रान्स बिरुद्ध र युरोकप बिजेता पोर्चुगलबिरुद्ध २०१९ को सेप्टेम्बरमा युएफा नेसन्स लिगमा पराजित भएको थियो ।

सेप्टेम्बरको उक्त हार यता भने इटाली हारेको छैन । युरो कपको अन्तिम १६ मा अष्ट्रियालाई पनि हराउने हो भने इटालीको अपराजित यात्रा ३१ खेलसम्मका लागि तन्किनेछ । यो उपलब्धिले मान्चिनी पुर्व इटाली प्रशिक्षक भिटोरो पोज्जोको अहिलेसम्मको इटालियन किर्तिमानको बराबरी गर्न सक्छन् ।

आफ्नो टोलीका २६ मध्ये २६ खेल खेलाएका मान्चिनीले तेश्रो रोजाइका गोलकिपर एलेक्स मेरेटलाई मात्र प्रयोग गरेका छैनन्। नियमित गोलकिपर जियनलुइजी डोनारुम्माले इटालीका लागि ११ क्लिन सिट राखेका छन् ।

लगातार १२ औं खेलको क्लिन सिट पनि इटालीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनको बराबर रहनेछ । उसले यो उपलब्धि १९६८ मा युरो कप जित्दा र त्यसको दुई बर्षपछि बिश्वकपको उपबिजेता हुदा हात पारेको थियो । इटालीले २०२० अक्टोबरमा नेदरल्याण्ड्ससंग गोल खाएको थियो ।

“अहिलेसम्म अज्जुरीले युरोपियनहरुको सबैभन्दा उत्कृष्ट फुटबल पस्किएको छ,” पुर्व इंगल्याण्ड कप्तान सोल क्याम्प्बेलले इटालियन पत्रिका ग्याजेटो डे लो स्पोर्टलाई भने ।

“मान्चिनीले एकदम राम्रो गरिरहेका छन् । वेल्सबिरुद्धको अन्तिम समुह चरणको खेलमा पनि केही बदलिएन । मलाई भेराट्टी एकदम राम्रो लाग्यो । उनले राम्रो शटहरु प्रहार गर्दैछन् । पेसिना र राफेल टोर्लो दुवै राम्रा् खोज साबित भएका छन् ।

Click to comment

Trending