Headline

रामोस बिनाको रियल म्यड्रिड म कल्पना गर्न सक्दिन- क्रुस

Published

on

जर्मन मिड्फिल्डर टोनी क्रुसले आफु सर्जियो रामोसले क्लब छोड्ने थाहा पाएपछि निकै दुखी भएको बताए । क्रुसले विश्वकप बिजेता रहेका रामोसलाई रियलले नयाँ सम्झौता नदिएकोमा आस्चर्य लागेको पनि बताए ।

३५ वर्षिय रामोस रियल म्याड्रिडका लेजेण्ड भए पनि उनलाई रियलमा सन्यास लिन नदिएकोमा धेरै समर्थकले गुनासो पनि गरेका थिए । १६ सिजन रियलमा बिताएका रामोस अब नयाँ क्लबको खोजीमा छन् ।

“रामोस बिनाको रियल म्याड्रिड कस्तो हुन्छ म सोच्न पनि सक्दिन । रियल म्याड्रिडमा करियरको अन्त्य गर्न नपाउनु उनका लागि दु:खको कुरा हो । मलाई उनलाई नयाँ सम्झौता दिइन्छ जस्तो लागेको थियो,” क्रुसले भने ।

“उनी राम्रा खेलाडी मात्रै हैनन् । रियल म्याड्रिडका लागि मैदानमा सबै थोक दिएको उत्कृष्ट कप्तान पनि हुन,” क्रुसले थपे ।

“यदी तपाईंले १०० बिपक्षी फर्वार्डलाई उत्कृष्ट डिफेण्डर बारे सोध्नुहुन्छ भने धेरैले अहिले पनि रामोसको नाम लिने छन् तर अब रामोस रियलमा छैनन् र म त्यो कुरा कल्पना पनि गर्न सक्दिन,” उनले भने ।

रामोसलाई भित्राउनका लागि इङ्गलिस प्रिमियर लिग क्लबहरू म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेड इच्छुक देखिएको भए पनि रामोस आफै भने पिएसजीमा जाने मनस्थितिमा रहेका छन् । केही सञ्चारमाध्यमका अनुसार रामोसले आफ्ना नजिकका साथीहरूलाई आगामी सिजन आफू लिग वानमा खेल्ने बताएका थिए ।

Click to comment

Trending