Headline

के साबित्राले एसियन कप छनोट खेल्न सक्छिन ?

Published

on

नेपाल एपिएफ क्लबले महिला लिगमा चिरपरिचित बिभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्दै थियो । खेल १-० को बराबरीमा रहँदा खेलको ६९ औँ मिनेटमा एपिएफकी सावित्रा भण्डारीले नेपाल पुलिसकी गोलरक्षक उशा नाथ अगाडि आएको समयमा बललाई चिप गर्ने प्रयास गर्दा उनी लड्न पुगेकी थिइन । त्यस पछि घाइते भएकी उनले मैदान छोडिन् ।

सावित्राले महिला लिगको केही खेलहरु गुमाइन र केही दिन पछि उनको एमआरआई गरियो । रिपोर्टमा उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो ।

सावित्राले महिला लिगमा बाँकीको चार खेल गुमाए पनि १० खेलमा ४३ गोल गरेकी थिइन् । उत्कृष्ट फर्वार्ड उनले महिला टोलीकी फिजियो नविना श्रेष्ठसँग चार महिना प्री अप्रेटिभ (अपरेशन अगाडी) रिह्याब गरेकी थिइन् ।

त्यसपछि उनको शल्यकृया कतारको विश्वस्तरिय एस्पेटार  अस्पातलमा हुँदै छ । शनिबार उनी कतार जाने छिन् ।

शल्यकृया पछी उनी ९ महिना रिह्याबमा बस्नु पर्ने हुन्छ त्यस्तो अवस्थामा उनले कुनै पनि प्रतियोगिता खेल्न पाउने छैनन् । त्यही कारणले सावित्राले नेपालले खेल्ने महिला एएफसी कप छनोटका खेलहरु गुमाउने छिन् ।

“एसीएलको समस्या महिला खेलाडीहरुमा धेरै देखिने समस्या हो । सवित्राको पनि त्यस्तै एसीएल इन्जुरी हो । उनले शल्यकृया पछि ९ महिनाको रिह्याब गर्नु पर्ने हुन्छ र त्यस पछि मात्रै उनी मैदानमा उत्रिने छिन्,” फिजियो नविना श्रेष्ठले बताइन् ।

सावित्रा नेपाली महिला फुटबलकी महत्वपूर्ण सदस्य रहेकी छिन् । उनले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरिसकेकी छिन् ।

नेपाल समुह ‘एफ’ मा रहेको छ । नेपाल रहेको समुहमा फिलिपिन्स र हङकङ रहेका छन् । तीन टोली मात्रै राहेको यस समुहको सबै खेल नेपालले आयोजना गर्ने छ । खेलहरु १३ सेप्टेम्बर देखि २५ सेप्टेम्बर सम्म हुने छन् ।

नेपालको समुहमा रहेका फिलिपिन्स र हङकङ वरियतामा नेपाल भन्दा धेरै अगाडी रहेका छन् ।

 

Click to comment

Trending