Headline

च्याम्पियन्स लिग र युरोपाबाट हटाइयो अवे गोलको नियम

Published

on

युएफाले आउने सिजन देखी हुने च्याम्पियन्स लिग ,युरोपा लिग र अन्य नकआउट प्रतियोगिताबाट अवे गोलको नियम हटाउने भएको छ ।

अवे गोलको नियम ५० वर्ष बन्दा धेरै पहिले देखी लागु गरिएको थियो तर अब भने युएफाले यो नियमलाई च्याम्पियन्स लिग र युरोपा लिगबाट हटाउने भएको हो ।

युएफाका अध्यक्ष एलेक्स्सान्दर सेफ्रिनले यो नियम हटाउनुको कारण क्लबहरुले अझै आक्रमक फुटबल खेल्ने बताए । “यो नियमका कारण फुटबल आफ्नो पुरानै शैलीमा चल्ने छ र टोलीहरुले अझै आक्रमक फुटबल खेल्ने छन्,” उनले भने ।

अवे गोलको नियम १९६५-६६ को सिजन देखी युएफाको कप विनर्स कपबाट सुरु भएको थियो । धेरै युरोपियन क्लबहरुले अवे गोलका कारण नकआउट चरणबाट पार हुँदै च्याम्पियन्स लिग र युरोपा लिग जितेका छन् ।

अब खेल बराबरी भएमा के हुन्छ ?

युएफाले जनाए अनुसार अब दुवै टोली बिच खेल बराबरी भएको खण्डमा दुई टोलीले १५-१५ मिनेटको एक्स्ट्रा टाइम खेल्ने छन् । त्यसबाट पनि नतिजा नआएको खण्डमा पेनाल्टी शुटआउटबाट बिजेताको टुङ्गो लाग्ने छ ।

Click to comment

Trending