Headline

तनावपूर्ण खेलको इन्जुरी समयमा केसमेरोको गोलसँगै ब्राजिलको जित

Published

on

ब्राजिलले बिहीबार भएको खेलमा कोलम्बिया माथि २-१ को नाटकिय जित निकालेको छ । तनवपूर्ण खेलमा ब्राजिल पुनरागमन गर्न सफल भएको थियो ।

कोलम्बियाले पहिलो गोलको खता खोलेको थियो । खेलको १० औँ मिनेटमा युवान क्वार्डराडोको क्रसमा लुइज डाएसले गोल गर्दै कोलम्बियालाई अगरता दिलाएका थिए ।

त्यस पछि कोलम्बियाले पूर्ण रुपमा खेल भरी डिफेन्डिङ मात्रै गरेको थियो । ७८ औँ मिनेटमा खेल केही तनावपूर्ण बन्न पुग्यो । नेमारले गरेको पास अर्जेन्टिनाका रेफ्री नेस्टोर पिटानाको घुँडामा लागे पछि कोलम्बियाका खेलाडीहरुले रेफ्रीले खेल पुन सुचारु गर्ने आशामा बल त्यतिकै छोडेका थिए । तर, ब्राजिलियन खेलाडी लुकास पाक्वेटाले चलाखी पूर्ण क्रस निकाले पछि रोबेर्टो फर्मिन्होले गोल गरेका थिए ।

त्यस पछि कोलम्बियन खेलाडीहरुले खेल्न अस्विकार गरेका थिए । केही मिनेट पछि रोकिएको खेलमा पुन सुचारु भए पछि ब्राजिलले कोलम्बिया माथि निकै दवाब बनाएको थियो र ९० मिनेटको इन्जुरी समयको १० मिनेटमा नेमारले लिएको कर्नरबाट आएको क्रसमा केसेमेरोले गोल गर्दै ब्राजिललाई जित दिलाएका थिए ।

ब्राजिल जितसँगै ९ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छ । ४ अंक सहित कोलम्बिया दोस्रो र सामन अंक सहित पेरु तेस्रो स्थानमा रहेको छ । २ अंक सहित इक्वेडर चौँथो र २ अंक सहित नै भेनेजुएला पाँचौँ स्थानमा रहेको छ ।

वुधबार बिहाना भएको पहिलो खेलमा पेरु र इक्वेडरले २-२ को बराबरी खेलेका थिए ।

 

Click to comment

Trending