Euro 2020

समुह ‘एफ’: फ्रान्स,जर्मनी र पोर्चुगल अन्तिम १६ मा

Published

on

जर्मनीले हङ्गेरीको जितलाई रोक्दै २-२ को बराबरी खेले पछि पोर्चुगल युरो २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले आफ्नो अन्तिम खेलमा फ्रान्सलाई पनि २-२ को बराबरीमा रोकेको थियो ।

जर्मनीका लागि काई ह्वाभर्ट्ज र लियोन गोरेट्ज्काले गोल गरेका थिए । हङ्गेरीका लागि एडम सज्लाई र अन्द्रास ससेफरले गोल गरेका थिए ।

खेलको ११ औँ मिनेटमै सज्लाईले हङ्गेरीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ अग्रता लिएको हङ्गेरीले दोस्रो हाफको ६६ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । जर्मनीका लागि काइ ह्वाभर्ट्जले गोल गरेका थिए । तर, त्यस्को एक मिनेट पनि नबित्दै हङ्गेरीले खेलमा पुन : अग्रता लिएको थियो । ससेफरले गोल गर्दै हङ्गेरीलाई २-१ को अग्रता दिलाएका थिए ।

तर, ८४ औँ मिनेटमा जर्मनीका लागि लिओन गोरेट्ज्काले बराबरी गोल फर्काउँदै जर्मनीको अन्तिम १६ को आशा जिवितै राखेका थिए । अर्को खेलमा पोर्चुगलले फ्रान्सलाई २-२ को बराबरीमा रोक्यो । पोर्चुगलका लागि क्रिष्चियानो रोनाल्डोले दुई र फ्रान्सका लागि कारीम बेन्जेमाले दुई गोल गरेका थिए । पोर्चुगलका लागि दुवै गोल पेनाल्टीमा रोनाल्डोले गरे । फ्रान्सका लागि बेन्जेमाले एक गोल पेनाल्टी मार्फत गर्दा अर्को गोल ‘ओपन प्ले’ मा गरेका थिए ।

अपराजित फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । जर्मनीले आफ्नो खेलमा हंगेरीसँग २-२ को बराबरी खेलेपछि ४ अंक जोड्दै दोस्रो स्थानमा रहेको थियो । समान अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको छ ।

Click to comment

Trending