Euro 2020

रोनाल्डोले गरे अन्तर्राष्‍ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने किर्तिमानको बराबरी

Published

on

फ्रान्स विरुद्ध जारी युरो २०२० को खेलमा दुई पेनाल्टी प्रहार गर्दै पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले अन्तर्राष्‍ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने किर्तिमानको बराबरी गरेका छन् ।

उनले ईरानका अली दाईको १ सय ९ गोल को किर्तिमानलाई बराबरी गरेका हुन् । उनले फ्रान्स विरुद्ध पेनाल्टीमा गोल गर्दै किर्तिमानी बराबरी गरेका हुन् ।

रोनाल्डोले पहिलो गोल ३० औँ मिनेटमा गरेका थिए । डनिलोलाई फ्रान्सका गोलरक्षक ह्युगो लोरिसले पन्च गरे पछि पाएको पेनाल्टी अवसरमा रोनाल्डोले पहिलो गोल गरेका थिए । यस्तै ६० औँ मिनेटमा रोनल्डोकै क्रसमा फ्रेन्च डिफेन्डर कोनाटेको हातमा बल लागे पछि पाएको पेनाल्टीमा रोनाल्डोले दोस्रो गोल गरेका थिए ।

रोनाल्डोले युरो २०२० मा पाँच गोल पनि गरिसकेका छन् । उनी हाल युरो कपमा सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् ।

उनले २००३ मा पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए ।

 

रोनाल्डोले गोल गरेका सबै राष्ट्रिय टोलीहरु:

Click to comment

Trending