Headline

३४ वर्षका भए मेस्सी, के के छन उनको अहिले सम्मको उपलब्धी ?

Published

on

विश्व फुटबल जगतका स्टार खेलाडी लियोनल मेस्सी जुन २४ मा ३४ वर्षका लागेका छन् । १९८७ मा अर्जेन्टिनाको रोसारियो सहरमा जन्मिएका मेस्सी को पुरा नाम लियोनल अन्द्रेस मेस्सी हो । पाँच वर्षको उमेरमा घर नजिकैको रङ्गशालामा फुटबल खेल्ने मेस्सीको काहानी निकै रोमान्चक छ ।

मेस्सीका पिता जर्ज मेस्सीका अनुसार मेस्सीले तीन वर्षको उमेर देखी फुटबल समाउन थालेका थिए । पाँच वर्षको उमेरमै युवा खेलाडी जस्तो जग्लिङ गर्ने भए पछि मेस्सीका बुवा उनीबाट निकै प्रभावित भएका थिए । १९९४ मा उनले आफ्नो पहिलो क्लब न्युवेल ओल्ड बोइजबाट फुटबल खेलेका थिए । उनको खेलबाट प्रभावित भए पछि बार्सिलोनाका एक स्काउटले उनलाई ला मसिया पुर्याएका थिए ।

ला मसियामा उनले यु-१५ सम्म उत्कृष्ट प्रदर्शन गरे र पहिलो टोलीका प्रशिक्षक फ्रान्क रिज्कार्डको नजरमा परेका मेस्सीले २००३ मा पोर्टो विरुद्ध ७१ औँ मिनेटमा बार्सिलोनाका लागि डेब्यु गरेका थिए र त्यस पछि उनले यता फर्केर हेर्नु परेको छैन । २००५ मा बार्सिलोनासँग आफ्नो पहिलो सम्झौता गरेका मेस्सीका लागि त्यो उनको जीवनको उत्कृष्ट क्षण रहन पुग्यो ।

मेस्सीले २००८-२००९ मा बार्सिलोनासँग आफ्नो पहिलो पहिलो ट्रेबल उपाधि जितेका थिए । जस्मा उनको भूमिका निकै महत्वपूर्ण रह्यो । त्यही महत्वपूर्ण भुमिकाका लागि मेस्सीलाई फ्रेन्च फुटबलले २००९-२०१० को बालोन डिओर पनि दिएको थियो । त्यस पछि २०१० मा फेरी मेस्सी रोकिएनन् । उनले बार्सिलोनालाई त्यो वर्ष च्याम्पियन्स लिग उपाधि दिलाएका थिए ।

२०१२ मेस्सीका लागि रेकर्ड ब्रेकिङ वर्ष बन्न पुग्यो । उनले त्यो वर्ष २४ वर्षको उमेरमै बार्सिलोनाको सार्वधिक गोलकर्ताको किर्तिमान तोडेका थिए । साथै उनले गर्ड मुलरको नाममा रहेको एकै सिजन धेरै गोल गर्ने किर्तिमान पनि त्यही वर्ष तोडेका थिए । मेस्सीले त्यो वर्ष उत्कृष्ट खेले ।

त्यस पछिका सिजनहरु मेस्सीका लागि सम्झनलायक रहे । उनले २०१४-२०१५ मा अर्को ट्रेबल जिते र क्लबलाई पाँचौँ च्याम्पियन्स लिगको उपाधि दिलाए । २०१४ को विश्वकपमा फाइनलमा पराजित भएको मेस्सीको आर्जेन्टिनाले ठुलै प्रशंशा पायो । २०१५-१६ को सिजन च्याम्पियन्स लिगमा शुखद प्रदर्शन नभए पनि घरेलु प्रतियोगितामा मेस्सीको दबदबा कायम थियो ।

२०१६-२०१७ को सिजन उनले चौँथो गोल्डेन बुट जिते, २०१७-१८ को सिजनमा दुई घरेलु प्रतियोगिताका साथ मेस्सीले पाँचौँ गोल्डेन बुटको उपाधि जिते । २०१८-२०१९ मा उनी बार्सिलोनाका कप्तान घोषणा भएका थिए । त्यही वर्ष उनले बार्सिलोनाका लागि १० औँ लिग उपाधि र छैँठौँ गोल्डेन बुट पनि जिते ।

२०१९-२०२० मा उनले आफ्नो किर्तिमानी छैँठौ बालोन डिओर उपाधि जिते । २०२० देखी भने क्लबसँग राम्रो सम्बन्ध नरहेका कारण मेस्सीले बार्सिलोना छोड्ने चासो देखाइरहेका छन् । तर, उनी अझै पनि बार्सिलोनाका लागि खेल्ने समर्थकहरुको विश्वास छ ।

क्लब फुटबलमा निकै मानिएका मेस्सी आर्जेन्टिना फुटबलका सार्वधिक गोलकर्ता र सार्वधिक गोल गर्ने खेलाडी पनि हुन् । तर, अर्जेन्टिनालाई एक अन्तराष्ट्रिय ट्रफी नजिताएको भन्दै उनको विरोध हुँदै आएको छ । यस सिजन पनि कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरिसकेको आर्जेन्टिनाका लागि मेस्सीसँग ठुलो अपेक्षा हुने छ ।

मेस्सीको उपलब्धीहरु-

एक पटकका फिफा दि बेस्ट बिजेता

तीन पटकका युएफा उत्कृष्ट खेलाडी

किर्तिमानी छ बालोन डिओर बिजेता

चार पटकका च्याम्पियन्स लिग बिजेता

१० पटकका ला लिगा च्याम्पियन

२१ पटकका सार्वधिक गोलकर्ता

सात पटकका स्पेनिस कप बिजेता

आठ स्पेनिस सुपर कप

तीन फिफा कल्ब विश्वकप

एक यु-२० विश्वकप (अर्जेन्टिना)

एक ओलम्पिक गोल्डमेडल (अर्जेन्टिना)

 

 

Click to comment

Trending