Euro 2020

यस्तो छ युरो २०२० अन्तिम १६ को खेल तालिका र खेलहरु

Published

on

युरो २०२० को सबै समुह चरणको खेलहरु सकिएको छ । समुह ‘ए’ बाट इटाली समुह बिजेता , वेल्स उपाबिजेता र स्विट्जरल्याण्ड उत्कृष्ट तेस्रो स्थानका साथ अन्तिम १६ मा प्रवेश गरेका थिए । समुह ‘बी’ बाट बेल्जियम समुह बिजेता र डेनमार्क समुह उपबिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका थिए ।

समुह ‘सी’ बाट नेदर्ल्याण्ड्स, अष्ट्रिया र उत्कृष्ट तेस्रो स्थानको टोली बन्दै युक्रेन अन्तिम १६ मा पुगेको थियो । यस्तै समुह ‘डी’ बाट पनि तीन टोली अन्तिम १६ मा पुगेका छन् । समुह बिजेता बन्दै इङ्ल्याण्ड, उपबिजेता बन्दै क्रोएसिया र उत्कृष्ट तेस्रो स्थानको चेक रिपब्लिक अन्तिम १६ मा पुगेका हुन् । समुह ‘ई’ बाट भने स्विडेन र स्पेनले अन्तिम १६ मा स्थान बनाए । ग्रुप अफ देथ मानिएको समुह ‘एफ’ बाट फ्रान्स समुह बिजेता, जर्मनी उपबिजेता र पोर्चुगल तेस्रो स्थानमा रहदै अन्तिम १६ मा स्थान बनायो ।

समुह चरणको अन्तिम खेलसँगै अन्तिम १६ को खेल तालिका र खेलहरु यस्तो रहेको छ :

जुन २६, शनिबार- नेपाली समय ९:४५ बजे

वेल्स भर्सेस डेनमार्क

जुन २७, आईतबार- नेपाली समय १२:४५ बजे

इटाली भर्सेस अष्ट्रिया

जुन २७, आईतबार – नेपाली समय ९:४५

नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक

जुन २८, सोमबार- नेपाली समय १२:४५

बेल्जियम भर्सेस पोर्चुगल

जुन २९, सोमबार- नेपाली समय ९:४५

क्रोएसिया भर्सेस स्पेन

जुन २९, मंगलबार- नेपाली समय १२:४५

फ्रान्स भर्सेस स्विट्जरल्याण्ड

जुन ३०, मंगलबार- नेपाली समय ९:४५

इङ्ल्याण्ड भर्सेस जर्मनी

जुन ३०, वुधबार- नेपाली समय १२:४५

स्विडेन भर्सेस युक्रेन

 

 

Click to comment

Trending