Euro 2020

युरोमा उत्कृष्ट पुनरागमन गर्दै स्पेन अन्तिम १६ मा

Published

on

समुह चरणको अन्तिम खेलमा स्लोभाकियालाई ५-० ले पराजित गर्दै स्पेनले अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ । स्पेन समुह ‘ई’ को उपबिजेता बन्दै अन्तिम १६ मा पुगेको हो । अर्को खेलमा पोल्याण्डलाई ३-२ ले पराजित गरेको स्विडेन भने समुह बिजेता बन्दै अर्को चरणमा स्थान बनाएको छ ।

स्पेनका लागि दुई गोल उपहार स्वरुप स्लोभाकियन खेलाडीबाट आउँदा एमेरिक लपोर्टे, पब्लो सराबिया र फेरान टोरेसले गोल गरेका थिए ।

खेलको १२ औँ मिनेटमा पेनाल्टीमा चुक्न पुगेको स्पेनले अग्रता लिने मौका गुमाएको थियो । अल्भारो मोराटाको पेनाल्टीलाई स्लोभाकियन गोलरक्षक मार्टिन डुबार्ब्काले बचाएका थिए । तर, डुबार्ब्काले नै ३० औँ मिनेटमा ‘ओन गोल’ गर्दै स्पेनलाई १-० को अग्रता दिएका थिए । सराबियाको प्रहार आकाशिएको बललाई किल्यर गर्ने क्रममा डुबार्ब्काले आफ्नै पोस्टमा गोल गरेका थिए ।

त्यस पछि पहिलो हाफको इन्जुरी समयमा स्पेनले अर्को गोल गरेको थियो । पेद्रीले मिलाएको क्रसलाई लपोर्टेले हेडिङ गोल गर्दै २-० को अग्रता दिलाएका थिए । स्पेनले ५६ औँ मिनेटमा तेस्रो गोल थपेको थियो । यस पटक स्पेनका लागि सराबिया गोल गर्न सफल भएका थिए । स्पेनका लागि चौँथो गोल फेरान टोरेसले गरेका थिए । सराबियाले खेलको दोस्रो एसिस्ट निकाले पछि फेरानले गोल गरेका थिए ।

पाँचौँ गोल भने सर्बियाले आफ्नै गल्तीले खान पुगेको थियो । पाउ टोरेसले गरेको हेडिङलाई गोललाइनमा क्लियर गर्ने क्रममा सर्बियाका जुराज कुच्काले ‘ओन गोल’ गरेका थिए ।

आफ्नो पछिल्ला दुई खेलमा बराबरी खेल्दै अलोचना खेपेको स्पेनले अन्तिम खेलमा आफ्ना बिपक्षीहरुलाई गतिलो जवाफ दिँदै अन्तिम १६ मा स्थान बनाएको छ । स्पेन ५ अंकका साथ दोस्रो स्थान र स्विडेन ७ अंकका साथ शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेका हुन् । स्लोभाकिया भने तेस्रो भए पनि राम्रो अंक नभए पछि अन्तिम १६ मा पुग्न असफल भएको छ ।

 

Click to comment

Trending