Headline

एएफसी वुमन्स एसिया कप छनोट: आयोजक नेपाल समुह ‘एफ’ मा

Published

on

भारतमा जनवरी २० देखी सुरु हुने एएफसी वुमन्स एसिया कपको छनोट चरण खेल्न लागेको नेपाली महिला राष्ट्रिय टोली समुह ‘एफ’ मा परेको छ । नेपाल सहित समुह ‘एफ’ मा तीन देश रहेका छन् । नेपालको समुहमा हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले यो सबै खेलको आयोजना गर्ने छ ।

सेप्टेम्बर १३ देखी सेप्टेम्बर २५ सम्म चल्ने छनोट चरणका खेलहरु दशरथ रङशालामा हुन सक्ने सम्भावना छ । एएफसीका प्रतिनिधीहरुले रङशाला प्रशिक्षण गरे पछि मात्रै खेल हुने स्थान तय हुने छ ।

यो पटक एसिया कपमा २८ टोली हुने छन् । राउण्ड रोबिन अन्तर्गत हुने एसिया कप छनोटमा समुहबाट शिर्ष  स्थानमा रहने टोलीले एसिया कप खेल्ने छ ।  चाइना, अष्ट्रेलिया र जापान र आयोजक भारत यस अघि नै छनोट भैसकेका छन् ।

नेपाली महिला टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले एसियन कप छनोटका लागि नेपाली टोली हेर्ने छन् ।

 

Click to comment

Trending