अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप फाइनल – निरिह भारतीय ब्याटिङ, उपाधि जित्न न्युजिल्यान्डलाई १३९ रनको लक्ष्य

Published

on

पहिलो पटक आयोजना भएको वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जित्न न्युजिल्यान्डले १३९ रनको लक्ष्य पाएको छ ।  

पहिलो पारीको आधारमा ३२ रनको अग्रता लिएको न्युजिल्यान्डले भारतलाई १७० रनमा समेटे पछि न्युजिल्यान्डले १३९ रनको सामान्य लक्ष्य पाएको हो । तर अन्तिम दिनको खेलमा करिब ५३ ओभर मात्र बाँकी रहेको छ ।  

भारतको तर्फबाट दोश्रो पारीमा विकेट किपर ब्याट्सम्यान रिशब पन्तले सर्वाधिक ४१ रन बनाए भने चेतेश्वर पुजाराअजिंक्य रहाने समान १५-१५, कप्तान बिराट कोहली १३, रविन्द्र जडेजा १६, रविचन्द्रन अश्विन सात, मोहम्मद शामी १३ तथा जस्प्रित बुम्रा शुन्य रनमा आउट भए भने इशान्त शर्मा एक रनमा अविजित रहे ।  

भारतलाई सस्तैमा समेट्ने क्रममा टिम साउथीले सर्वाधिक चार विकेट लिए भने ट्रेन्ट बोल्ट र कायल जेमिसनले क्रमश तीन र दुई विकेट आफ्नो नाममा दर्ता गराए । 

भारतलाई पहिलो पारीमा मात्र २१७ रनमा रोक्दै जबाफी ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो पारीमा २४९ रन बनाउँदै ३२ रनको झिनो अग्रता लिन सफल भएको थियो ।

 

Click to comment

Trending