Euro 2020

युरो कप: स्पेन नक आउटमा छनौट हुनको लागि के हुनुपर्छ ?

Published

on

स्विडेनले मात्र अन्तिम १६ मा स्थान बनाएको युरो कपको समुह इ को खेलहरु बुधबार समाप्त हुदैछन् । अन्य तीन वटै टिम स्पेन, पोल्याण्ड र स्लोभाकिया नकआउट चरणमा स्थान बनाउन सक्छन् ।

फिनिसिंग मात्रै कमजोर देखिएको स्पेनको दुई अंक मात्रै भएपनि यो समुहबाट अर्को चरण प्रवेश गर्ने दावेदारकै रुपमा रहेको छ । पहिलो खेलमा स्विडेनसंग बराबरी गरेको स्विडेन दोश्रोमा दवाब बनाउदा बनाउदै पनि पोल्याण्डसंग रोक्किएको थियो ।

अन्तिम लिग खेलहरुमा स्पेनले स्लोभाकियाको सामना गर्दैछ भने एकै समय पोल्याण्ड र स्विडेन पनि भिड्दैछन् । स्पेन नकआउट चरणमा पुग्न के हुनु पर्छ त ?

स्पेन हार्ने हो भने

यो नतिजाले स्पेनको पछिल्लो प्रमुख प्रतियोगिताहरुमा सामना गर्नु परेको निराशामा अर्को थपिनेछ । दुई अंक मात्र हुने हो भने स्पेन आउट त हुन्छ नै उसका प्रशिक्षक लुईस एन्रिकेको जागिर समेत धरापमा पर्न सक्छ ।

दुई अंकले नै तेश्रो समुहको तेश्रो स्थानमा हुने हो भने पनि स्विट्जरल्याण्ड, फिनल्याण्ड, युक्रेन र चेक रिपब्लिककै स्पेन भन्दा बढी अंक रहदै तेश्रो स्थानको उत्कृष्ट चार टिमको रुपमा छनोट हुनेछन् ।

स्पेनले जित्ने हो भने

स्पेनको लागि सबैभन्दा राम्रो मार्ग भनेको स्पष्ट तीन अंक हात पार्नु नै हो । पांच अंकले स्पेन आरामले अन्तिम १६ मा पुग्न सक्छ । स्पनेले जितेर पोल्याण्डले स्विडेनलाई हराउने हो भने स्पेन समुह बिजेता नै बन्नेछ ।

पोल्याण्डलाई स्विडनेले हराउने हो भने स्पेन दोश्रो हुनेछ भने स्लोभाकिया तेश्रो । स्विडेन र पोल्याण्ड बराबरी हुने हो भने स्पेन र स्विडेनको समान ५ अंक रहनेछ । दुवै टोलीले बराबरी खेलेका कारण गोल अन्तरले समुह बिजेताको निर्धारण गर्नेछ ।

स्पेनको गोल अन्तर हाल शुन्य रहेको छ भने स्विडेन एक । यस्तोमा स्पेनलाई समुह बिजेतका बन्न दुई गोल अन्तरको जित आवश्यक पर्नेछ ।

स्पेनले बराबरी खेल्ने हो भने

यो स्थिति केही जटिल रहेकोले अन्य समुहको खेलहरुको परिणाम कुर्नु पर्ने हुन्छ । बराबरीमा स्पेनको तीन अ.क हुने छ र समुहका खेलहरु यत्तिकैमा समाप्त हुने भने भने गोल अन्तर शुन्य रहेको कारण स्पेन छनोट हुन सक्छ ।

यसको मतलब गोल अन्तरको आधारमा तीन अंक रहे पनि स्पेन युक्रेन र फिनल्याण्डभन्दा माथि रहन सक्छ । तर यो अवस्थामा पोल्याण्डले स्विडनलाई पराजित गर्नु भने भएन । पोल्याण्डले जित्ने हो भने स्पेनले बराबर गरे पनि पोल्याण्ड, स्विडेन र स्लोभाकियाको समान चार अंक हुनेछ ।

अन्तिम खेल नहार्दा पनि स्पेन समुह चरणबाटै बाहिरिनेछ । स्विडनेले पोल्याण्डसंग एक वा तीन अंक लिने हो भने अन्य दुई समुहका तेश्रो स्थानमा रहेका दुई टोलीभन्दा राम्रो गोल अन्तर रहेको कारण नै स्पेन छनौट हुनेछ ।

यसको लागि स्पेनले बुधबारको समुह एफको खेलहरुको प्रतिक्षा गर्नुपर्ने छैन ।

Click to comment

Trending