Headline

डि ब्रुनलाई चेल्सीबाट बेच्न नखोजेको सात वर्ष पछि माउरिन्होको खुलासा

Published

on

सन् २०१४ मा जब केभिन डि ब्रुनले चेल्सी छाडे त्यस पछिका वर्षहरूमा होजे माउरिन्होले सधैँ यसका लागि आलोचना खेप्न पर्यो । तर पर्चुगिज भने आफूले बेल्जियन डि ब्रुनले अहिले पनि स्ट्यामफर्ड ब्रिज छाडून् भन्ने नचाहेको बताएका छन् ।

डि ब्रुनले चेल्सीबाट लोनमा जर्मन क्लब वेड़र ब्रेमेनबाट खेल्दा सबैको आँखा तानेका थिए । त्यसैका कारण सन् २०१४ को जनवरी ट्रान्सफरमा उनलाई उल्फ्सबर्गले १८ मिलियन पाउण्डमा आफ्नो क्लबमा अनुबन्ध गर्यो ।

तर त्यसको १८ महिना पछि नै डि ब्रुन इंग्लिस क्लब म्यानचेस्टर सिटीमा आबद्ध भए । सिटीमा रहँदा उनी सिटीका महत्वपूर्ण खेलाडी बन्न सफल भए भने एक पटक प्रिमियर लिग च्यापियन र दुई पटक वर्षको उत्कृष्ट खेलाडी पनि बने ।

जर्मनीमा रहँदाका साथै सिटीमा रहँदा निकै उत्कृष्ट प्रदर्शन गर्न सफल भएका डि ब्रुन माउरिन्हो को नै कारण चेल्सी छाड्न बाध्य भएको भन्दै उनको आलोचना हुने गरेको हो । तर चेल्सीका पूर्व बोस भने यस विषयलाई नकार छन् । उनी माथि खेलाडीहरूलाई विश्वास नगरेको पनि आरोप लाग्ने गरेको छ । जस मध्य डि ब्रुन पनि एक हुन् ।

“मलाई डि ब्रुनले निकै प्रभावित पारेका थिए । त्यसैले मैले उनी लोनमा अन्यत्र नजाने कुरामा निर्णय नै लिएको थिए । मैले यो केटा मलाई चाहिन्छ पनि भनेको थिए,” माउरिन्होले भने ।

“प्रिमियर लिगको सिजनको पहिलो खेलमा उनले हल सिटी विरुद्ध खेले । हाम्रो दोश्रो खेल म्यानचेस्टर युनाइटेड विरुद्ध थियो । ओल्ड ट्राफोर्डको खेल पछि उनी मसँग कुरा गर्दै उनले आफू जर्मन जाने इच्छा रहेको जनाए ।”

“उनले मलाई आफू सबै खेल खेल्न खोजेको र प्रत्येक मिनेट मैदानमा बिताउन चाहेको बताए । यसमा उनले मलाई निकै दबाब पनि दिए । उनी यस अघि लोनमा जर्मन जाँदा राम्रो प्रदर्शन गर्न सफल भएको भन्दै फेरी उतै जाने निर्णय लिइसकेका थिए । उनले मलाई दबाब दिँदै जर्मन गए पनि जर्मनमा रहँदा निकै राम्रो प्रदर्शन गर्न सफल पनि भए ।”

माउरिन्होले डि ब्रुनलाई अहिलेको उत्कृष्ट पाँच खेलाडीको संज्ञा पनि दिएका छन् ।

चेल्सीको लागि नौ खेल खेलेका डि ब्रुनका बारेमा माउरिन्होले अगाडि भने: “उनी लोनमा जाने समयमा पनि मैले उनलाई चेल्सीमा नै राख्ने निर्णय गरेको थिए । उनीसँग उत्कृष्ट खेलाडी बन्ने क्षमता थियो । उनी अहिले जस्तो अनुभवी र परिपक्व थिएनन् तर पनि उनको चाल र दृष्टि भने त्यतै थियो ।”

डि ब्रुन मात्र एक खेलाडी हैनन् जसलाई पहिचान गर्न नसक्दा चेल्सीले ठुलो घाटा पनि व्यहोर्न पर्यो । मोहम्मद सलाह अहिले लिभरपुलका स्टार हुन् भने समर्थकहरुको पहिलो रोजाईको खेलाडी । तर उनले पनि स्ट्यामफर्ड ब्रिजमा हुँदा पर्याप्त अवसर पाउन सकेनन् ।

त्यस्तै रोमेलु लुकाकु आफू आफैले विश्वको उत्कृष्ट जर्सी नम्बर नौ भनेर प्रमाणित गरिसके । तर तीनै लुकाकुले पनि चेल्सीमा रहँदा पर्याप्त अवसर पाउन नसक्दा अन्यत्र जाने निर्णय लिएका थिए ।

Click to comment

Trending