Euro 2020

युरो कपमा आज चार महत्वपूर्ण खेल, अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लाग्दै

Published

on

युरो कपमा वुधबार चार खेलहरु हुँदै छन् । समुह ‘ई’ र समुह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने सबै टोलीको टुङ्गो लाग्ने छ । यो समुह चरणको अन्तिम खेलहरु पनि हो । समुह ‘ई’ अन्तर्गत स्विडेन शिर्ष स्थानमा रहेको छ । समुह ‘एफ’ बाट फ्रान्स शिर्ष स्थानमा रहेको छ । आज हुने खेलहरुमा समुह ‘ई’ बाट स्विडेन र पोल्याण्ड खेल्दा अर्को खेलमा स्पेनले स्लोभाकियाको सामना गर्दै छ ।

समुह ‘एफ’ अन्तर्गत भने विश्वबिजेता फ्रान्सले युरोपियन बिजेता पोर्चुगलको सामना गर्ने छ । यही समुहको दोस्रो खेलमा जर्मनीले हङ्गेरी विरुद्ध खेल्ने छ ।

समुह ‘ई’

स्विडेन भर्सेस पोल्याण्ड

आफ्नो पहिलो खेलमा बलियो स्पेनसँग बराबरी खेल्दै दोस्रो खेलमा स्लोभाकियालाई हराएको स्विडेन समुह ‘ई’ को समुह बिजेता बन्दै अन्तिम १६ मा आफ्नो स्थान बनाउने सक्ने छ । समुहको पुछारमा रहेको पोल्याण्डलाई पराजित गर्ने सकेको खण्डमा स्विडेन स्वत: अन्तिम १६ मा स्थान बनाउने छ । यदी पोल्याण्डसँग पराजित भएको खण्डमा स्विडेन दोस्रो र तेस्रो हुँदै पनि अन्तिम १६ मा पुग्न सक्ने छ ।

स्विडेनका लागि पछिल्ला छ खेलहरु निकै फापेका छन् । स्विडेन अपराजित रहेको छ । एक खेलमा मात्रै बराबरी खेलेको स्विडेनलाई पोल्याण्ड विरुद्ध जितको आशा हुने छ । पोल्याण्डको लय भने खासै राम्रो देखिदैन । पोल्याण्डका रोबर्ट लेवानडस्की १३ खेलमा तीन गोल गर्न मात्रै सफल भएका छन् । प्रतियोगिता सुरु हुनु अघि शिर्ष गोलकर्ता बन्ने आशा गरिरेका लेवानडस्कीको युरो २०२० मा एक गोल मात्रै रहेको छ । पोल्याण्डका पछिल्ला ६ खेलमा एकमा मात्रै जित निकाल्न सफल भएको छ । पोल्याण्डको त्यो जित पनि निकै कम वारीयताको टोली विरुद्ध आएको थियो ।

यो खेल नेपाली समय अनुसार ९:४५ सुरु हुने छ ।

स्पेन भर्सेस स्लोभाकिया

समुह ‘ई’ को रोमान्चक मानिएको यस खेलमा स्पेन र स्लोभाकिया दुवै टोली गर या मरको स्थितीमा रहेका छन् । स्पेनले स्लोभाकियालाई पराजित गरे स्पेनको अन्तिम १६ मा पुग्ने सपना कायम रहने छ । यदी बराबरी मात्रै खेले पनि स्पेन अर्को चरणमा पुग्न असफल हुने छ । स्लोभाकियालाई भने स्पेनलाई बराबरीमै रोके पनि मौका छ ।

दुवै खेलमा बराबरी खेलेको स्पेनका लागि यो जित निकै आवश्यक छ । तीन पटकको युरोपियन बिजेता स्पेन समुह चरणबाट बहिरिन चाहदैन । प्रशिक्षक लुइस इरिक्वेलाई खेलाडी छनोटमा दोष दिदै आएका स्पेनिस समर्थकहरुका लागि पनि यो खेलको नतिजा पछि उनको भविष्य निर्धारण गरिने बताउँदै आएका छन् । स्पेनले खेलेको फुटबल नराम्रो छैन तर समस्या फिनिसिङमै आउँदा गोलमा समस्या देखिएको छ ।

अन्तिम छ खेल हेर्दा स्पेन अपराजित देखिन्छ तर तीन बराबरीका साथ । स्लोभाकियाको टोली पनि एक खेलमा मात्रै पराजित रहेको छ । यस्तो अवस्थामा दुवै टोलीका लागि तीन अंक निकै महत्वपूर्ण छ । यो खेलमा जसले तीन अंक हात पार्ने छ, त्यो टोलीले अन्तिम १६ मा स्थान बनाउने छ ।

खेल नेपाली समय अनुसार ९:४५ मा हुने छ ।

प्लेयर्स टु वाच

ऐलेकजेण्डर इसाक, स्विडेन

फेरान टोरेस, स्पेन

समुह ‘एफ’

पोर्चुगल भर्सेस फ्रान्स

फ्रान्सको अन्तिम १६ को स्थान लगभग पक्का भैसकेको अवस्थामा उसले आफ्नो अन्तिम खेलमा पोर्चुगलसँग खेल्ने छ । पहिलो खेलमा जर्मनीलाई १-० ले पराजित गरेको फ्रान्सले हङ्गेरीसँग १-१ को बराबरीमा चित्त बुझाउनु परेको थियो । पाँच वर्ष अघि फाइनलमा भिडेका यि दुई टोली अहिले युरो कपमा आमने समाने हुँदै गर्दा अन्तिम १६ को लडाँईमा रहेका छन् ।

आफ्नो पहिलो खेलमा हङ्गेरीलाई पराजित गरे पनि दोस्रो खेलमा जर्मनीसँग पराजित भएको पोर्चुगलले फ्रान्स विरुद्ध जित निकाल्ने हो भने उ स्वत: अन्तिम १६ मा प्रवेश गर्ने छ । फ्रान्सको भने ४ अंक रहेका कारण दोस्रो र तेस्रो हुँदै पनि अन्तिम १६ मा प्रवेश गर्न सक्ने छ । फ्रान्सले आफ्नो उत्कृष्ट टोली उतार्दा ओस्मान डेम्बेलेले भने युरो कप गुमाउने छन् । पोर्चुगलका लागि नुनो मेन्डेस अझै पनि फिट भएका छैनन् । यता युवा स्टार मैनेका जाओ फिलेक्सले अझै पनि युरो कपमा स्थान पाएका छैनन् ।

पछिल्ला छ खेलको नतिजा हेर्दा फ्रान्स अपराजित रहेको छ । पोर्चुगल भने एक खेलमा पराजित देखिन्छ । खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

जर्मनी भर्सेस हङ्गेरी

आफ्नो दोस्रो खेलमा पोर्चुगल विरुद्ध उच्च खेलका साथ तीन अंक जोडेको जर्मनीका लागि आफ्नो अन्तिम खेलमा पनि तीन अंक जोड्दै स्वत: अन्तिम १६ मा पुग्न सक्ने छ । हङ्गेरीका लागि पनि यो खेल उतिक्कै महत्वपूर्ण छ । आफ्नो दोस्रो खेलमा फ्रान्स विरुद्ध लिएको एक अंकका कारण हङ्गेरीले लय समातेको छ । जर्मनीले यो खेलबाट अंक लिन नसक्ने हो भने उसको अन्तिम १६ को भविष्य पनि अनिस्चित देखिन्छ ।

जर्मनीका लागि लय मुख्य समस्या बन्दै आएको छ । बलियो टोली मानिए पनि जर्मनीको अन्तिन छ खेल हेर्ने हो भने दुई हार र एक बराबरी खेलेको छ । हङ्गेरीले भने पछिल्ला छ खेलमा एक खेलमा मात्रै परजय भोगेको छ । जर्मनीका लागि थोमस मुलरले हङ्गेरी विरुद्धको यो खेल गुमाउन सक्ने छन् । उनलाई पोर्चुगल विरुद्धको खेलमा चोट लागेको थियो । हङ्गेरीका लागि भने एडम सज्लाई जस्ता खेलाडी पूर्ण फिट रहेका कारण केही सजिलो पनि हुने छ ।

खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुने छ ।

प्लेयर्स टु वाच

रेनटो सान्चेज, पोर्चुगल

 

योसुवा किमिच, जर्मनी

Click to comment

Trending