Euro 2020

मोड्रिचको उत्कृष्ट प्रदर्शनमा क्रोएसिया अन्तिम १६ मा, इंगल्याण्ड समुह बिजेता

Published

on

स्टार प्लेमेकर लुका मोड्रिचलेप्रेरणादायी प्रदर्शन गरेपछि क्रोएसिया स्कटल्याण्डलाई ३-१ ले पराजित गर्दै युरो कपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

इंगल्याण्ड भने चेक रिपब्लिकलाई १-० ले पराजित गर्दै समुह डिको बिजेताको रुपमा प्रि क्वार्टरफाइनलमा प्रवेश गर्यो । इंग्लयाण्डको झिनो जितमा एक मात्र गोल रहिम स्टर्लिंगले गरेका थिए ।

इंगल्याण्डले खेलको १२ औं मिनेटमै अग्रता लियो । ज्याक ग्रिलिसले बायांबाट निकालेको क्रसमा स्टर्लिंगले ६ यार्ड बक्स भित्रबाटै हेडरमार्फत सहज गोल गरेका थिए ।

स्टलिंगले क्रोएसियाबिरुद्धकोखेलमा पनि इंगल्याण्डको एक मात्र बिजयी गोल गरेका थिए । दोश्रो खेलमा इंगल्याण्ड र स्कटल्याण्डले गोलरहित बराबरी खेलेका थिए ।

इंगल्याण्डको ७ अंक रह्यो भने क्रोएसिया र चेक रिपब्लिकको समान चार अंक रह्यो। चेक रिपब्लिक पनि उत्कृष्ट तेश्रो टोलकिो रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ । स्कटल्याण्ड भने एक पटक फेरि प्रमुख प्रतियोगिताहरुमा समुह चरणबाटै बाहिरिएको छ ।

क्रोएसियाको जितमा २०१८ का बालोन डि ओर बिजेता मोड्रिच नायक रहे । १७ औं मिनेटमै निकोला भ्लासिचको गोलमार्फत अग्रता लिएको क्रोएसियाबिरुद्ध क्यालम म्याकग्रेगरले पहिलो हाफ सकिनु अघि नै बराबरी गोल फर्काएका थिए ।

तर मोड्रिचले ६२ औं मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै क्रोएसियालाई खेलमा फर्काए । उनको घुमाउरो प्रहारबिरुद्ध स्कटिस गोलकिपर नीरिह साबित भएका थिए ।

७७ औं मिनेटमा माड्रिचकै कर्नरमा फ्लिक हेडरमार्फत इभान पेरिसिचले गोल गर्दै क्रोएसियाको जित सुनिश्चित गरेका थिए ।

२६ औं मिनेटमा इंगल्याण्डले अग्रता दोब्बर गर्ने मौका गुमायो । ह्यारी मग्वायरले निकालेको पास बक्स भित्र ह्यारी केनले पाए । केनले राम्रो ड्रिब्लिंग गर्दै दुई चेक डिफेन्डरलाई बिट गर्दै लो ड्राइभ प्रहार गरे । तर चेक किपर थोमस भास्लिकले नजिकै आएको केनको सशक्त प्रहार रोकेका थिए ।

लगत्तै चेक रिपब्लिकको बराबरी गर्ने आशामा इंगल्याण्ड गोलकिपर जोर्डन पिकफोर्डमा तुषारापात गरे । थोमस होल्सले बक्सको ठ्याक्कै बाहिरबाट गरेको सशक्त प्रहारलाई पिकफोर्डले डाइभ गर्दै सुन्दर ढंगले गोल हुनबाट जोगाएका थिए ।

Click to comment

Trending