अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप रोमान्चक मोडमा, भारतलाई ३२ रनको अग्रता

Published

on

पहिलो पटक आयोजना भएको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल रोमान्चक मोडमा पुगेको छ । पाँचौ दिनको समाप्तिमा भारतले न्युजिल्यान्ड विरुद्धको दोश्रो पारीमा ३२ रनको अग्रता लिएको छ भने उसको हातमा आठ विकेट बाँकी रहेको छ । त्यस्तै अब अन्तिम दिनको खेल मात्र बाँकी रहेको छ ।  

न्युजिल्यान्डले पहिलो पारीमा लिएको ३२ रनको अग्रता सहित ब्याटिङमा आएको भारतले पाँचौ दिनको खेलको समाप्तिमा ३० ओभर खेल्दै दुई विकेटको नोक्सानीमा ६४ रन बनाएको छ । 

भारतका कप्तान विराट कोहली र चेतेश्वर पुजारा क्रमश आठ र १२ रनमा अविजित छन् भने ओपनरद्वय रोहित शर्मा र शुमबन गिल क्रमश ३० र आठ रन बनाएर आउट भए ।

न्युजिल्यान्डको टिम साउथीले नौ ओभर बलिङ गर्दै १७ रन खर्चिएर दुई विकेट हात पारेका छन् ।  

भारतलाई मात्र २१७ रनमा रोक्दै जबाफी ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो पारीमा ९९ दशमलब दुई ओभर खेल्दै १० विकेट गुमाएर २४९ रन बनायो र ३२ रनको झिनो अग्रता लिन सफल भयो ।

न्युजिल्यान्डको तर्फबाट ओपनर डेभन कन्वेले सर्वाधिक ५४ रन बनाए भने कप्तान केन विलियमसनले पनि ४९ रनको पारी खेले ।  त्यस्तै अर्का ओपनर टम लाथमतीब्र गतिका बलर टिम साउथीले पनि ३०-३० रनको पारी खेले । 

भारतका मोहम्मद शामीले सर्वाधिक चार विकेट हात पारे भने इशान्त शर्माले पनि आफ्नो नाममा दुई विकेट दर्ता गराए ।

Click to comment

Trending