Euro 2020

युरो कपको सेमी र  फाइनलमा ६० हजार समर्थकले मैदान प्रवेश पाउने 

Published

on

युरो कप २०२० को सेमिफाइनल र फाइनलमा ६० हजार समर्थकले रंगशालामा प्रवेश पाउने भएका छन् ।

लण्डन स्थित वेम्ब्लीमा आयोजना हुने सेमिफाइनल र फाइनलका लागि युके सरकारले रंगशालाको कुल ७५ प्रतिशत क्षमतामा दर्शकलाई प्रवेश दिने भएको हो ।

ब्रिटेनमा कोरोनाका कारण प्रतिबन्ध कायम रहेको भए पनि सरकारले जुलाईको ६ र ७ मा तथा ११ मा क्रमश सेमिफाइनल र फाइनलको लागि अनुमति दिएको छ । 

यस अघि ब्रिटेन सरकारले युरोपका नै अन्य देशहरूबाट आउँदा १० दिन क्वारेन्टिन बस्नै पर्ने नियम लागू गरेका कारण इंग्ल्यान्डबाट युरो कपको सेमिफाइनल र फाइनल सर्ने सम्म तयारीमा युएफफा रहेको थियो । तर इंग्ल्यान्डमा १५ महिना भन्दा लामो समय पछि दर्शकले अन्तर्राष्ट्रिय फुटबलमा रंगशालामा नै गएर हेर्ने अवसर पाउने भएका छन् ।        

दर्शकहरूलाई मैदानमा प्रवेश पाउनका लागि भने सहज हुने छैन । उनीहरूले या १४ दिन अघि कोरोनाको दुबै खोप लगाएको प्रमाण पेस गर्न पर्ने हुन्छ अथवा कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्न पर्ने हुन्छ ।  

 

Click to comment

Trending