Euro 2020

पोर्चुगिज जादुगर जसबाट सबैले उत्तर खोजिरहेका छन्

Published

on

“खेलपछि सबैलाई पोर्चुगलले असाधारण फुटबलरको खोजी गरेको महसुस भएको थियो । ‘बुम साउण्ड’ पछि धुंवा उडेर प्रकट भए जस्तो,” योआकिम मिल्हेरो भन्छन् ।

जाओ फेलिक्सले पोर्चुगल अण्डर १८ टोलीका लागि २०१७ मा नर्वेबिरुद्ध आफ्नो पहिलो खेल खेलिसकेपछि एक कोठामा एकै बिषयमा छलफल गरिरहदा मिल्होरो पनि त्यही थिए ।

“उनले जम्मा ३५ मिनेट खेले र दुई चोटी गोल पनि गरे,” पोर्चुगलका प्राविधिक संयोजक मिल्हेरोले भने । “तपाई मैदानमा ढिलो आएर त्यही ३५ मिनेट हेदै हुनुहुन्थ्यो भने तपाई निकै खुशी भएर घर जानु हुन्थ्यो ।”

दुई बर्षपछि बेन्फिकाले पोर्चुगिज प्रथम श्रेणीको उपाधि प्रिमेरा लिगा जित्दा फेलिक्सले १५ गोल गरे । उनी युरोपा लिगमा ह्याट्रिक गर्ने सबैभन्दा कान्छा खेलाडी बने भने बालोन डि ओरको मनोनयनपछि २८ औं नम्बरमा राखिए । १ सय २६ मिलियन युरोमा फेलिक्स एट्लेटिको म्याड्रिड गए ।

तर एट्लेटिकोमा दुई सिजन बितिसक्दा उनी वरिपरि हतोत्साह पैदा हुन थालेको छ । उनको प्रतिभालाई मैदानमा राम्ररी निकाल्न नसकिएको र ध्यान दिएर उनलाई नहुर्काएको बताउनेहरु अहिले धेरै छन् ।

युरो कपको महत्वपूर्ण खेलमा पोर्चुगल फ्रान्ससंग खेल्दै गर्दा फेलिक्सले आफू बिश्वका एलिट खेलाडीहरुको लस्करमा उभिन मद्दत गर्ने आशा राखेको प्रतियोगितामा एक्लिएको महसुस गर्नेछन् ।

सम्भावना बोकेका खेलाडी

मात्र २१ बर्षका फेलिक्स अझै पनि उनीबाट धेरै अपेक्ष गर्न नसकिने उमेरमै छन् । धेरै मानिसहरुले उनलाई पोर्चुगलको नयां क्रिष्चियानो रोनाल्डो बनेको हेर्न चाहन्छन् र यसले उनलाई मद्दत गरिरहेको छैन, पुर्व एट्लेटिको स्ट्राइकर डिएगो फोर्लानले मेमा एक अन्तर्वार्ताका क्रममा भनेका थिए ।

टिनऐजरको रुपमा फेलिक्सले यस्तो क्षमता राख्थे जुन कम उमेरका फुटबलरहरुमा निकै कम देखिने गर्छ । “मैले दुई कुरा देखेको थिए । पहिलो, उनी अत्याधिक सम्भावना बोकेका खेलाडी थिए । दोश्रो, उनको प्रदर्शन एक समान हुदैन थियो,” पोर्टोमा खेलाडी स्काउटिंग गर्दै १५ बर्षिय फेलिक्सलाई देखेका मिल्हेरोले भने ।

“यो श्रृंखला दिन वा हप्ता बिराएर चल्दैन थियो । उनी एकै खेलमा कहिले एकदमै राम्रो कहिले खराब हुन्थे । यस्तोमा तपाईले के गर्नुपर्छ ? तपाई शान्त हुनुपर्छ । तपाईले पर्खिनु पर्छ,” मिल्हेरोले थपे ।

पुर्व पोर्चुगिज अन्तर्राष्ट्रिय खेलाडी हेल्डर क्रिस्टेभो ले फेलिक्सलाई २०१६ मा बेन्फिका बि मा प्रशिक्षण दिएका थिए । “उनी एक दिन उत्कृष्ट बनेरै देखाउने छन् । उनी अहिले स्पटलाइटमा छन्, उनलाई लिएर मिडियामा सकारात्मक चर्चा संगै आलोचना पनि भइरहेको छ । तर जुन खेल उनको छ त्यो हिसाबमा उनको बिकास साधारण देखिन्छ ,” क्रिस्टेभो भन्छन् ।

फराकिलो दायरामा खेलाउने प्रशिक्षक भएको भए फेलिक्स अहिलेसम्ममा ठूलै खेलाडी भइसक्ने भन्दै एट्लेटिकोका डिएगो सिमिओनेको आलोचना गर्ने धेरै छन् ।

उनको स्थानमा सिमिओनेले एन्जल कोरियालाई धेरै खेलाउने गरेका छन् । अर्जेन्टाइन कोरिआले ला लिगाको गत सिजन अन्तिम १० मध्ये ९ खेलमा शुरुवात गर्दा एट्लेटिकोले स्पेनिस लिगको उपाधि जितेको थियो ।

“हामीलाई थाहा छ सिमिओने कसरी काम गर्छन्,” चार बर्ष एट्लेटिकोमा बिताइसकेका लुइस गार्सियाले भने । “सबैले एकदम धेरै कुद्नु पर्छ । त्यो माइन्ड सेट संग जाओको बिशेषताहरु मेल खाइरहेका छैनन् । शारिरिक रुपमा पनि जाओ लिगमा अभ्यस्त हुनु जरुरी छ ।”

दुई कदम अगाडी

फेलिक्सलाई सबैभन्दा राम्ररी चिन्नेहरुलाई उनको मनोवृत्ति नै उनको सबैभन्दा ठूलो हतियार रहेको मान्छन् ।

फेलिक्स बेन्फिकाको बैकल्पिक टोलीमा खेल्दै गर्दा जन-क्लड आबेडु क्लबको स्काउट थिए । “उनी प्रशिक्षणमा शुरुमा आएर अन्तिममा निक्लन्थे । लजालु देखिने गरेको कारण त्यस्तो महसुस हुदैन तर उनीसंग एक चरित्र थियो । उनी निकै मिहिनेत गर्छन्,” आबेडुले भने ।

सिमिओनेले फेलिक्सलाई राम्रो खेलाउन नसकेको आरोप लाग्दै आइरहेको छ

“जाओ फेलिक्सले कहिल्यै अमिलो अनुहार नै बनाएनन् । उनी पैसा र प्रसिद्धीको पछि लाग्ने छैनन् भन्नेमा हामी बिश्वस्त थियौं । उनी राम्रो खान्थे आरामले सुत्थे,” मिल्हेरोले भने ।

उनको प्रतिभालाई लिएर कुनै शंका नै थिएन । “मैले प्रशिक्षण दिएका मध्ये जाओ प्राविधिक रुपमा उत्कृष्ट नै थिए । बर्नार्डो सिल्भा पनि निकै राम्रा थिए तर क्लबमा रहेका उत्कृष्ट तीनलाईउनले पुरा गर्थे । बुद्धिमान भएकै कारण उनी अरु भन्दा दुई कदम अगाडी थिए,” क्रिस्टोभो भन्छन् ।

फेलिक्सको पहिलो क्लब ओस पेस्टिन्हासका अध्यक्ष पेद्रो मनेरा हुन् । मनेरा भन्छन्ः उनले गरेका कुराहरु हामीलाई जादु हो जस्तो लाग्थ्यो ।

गत सिजन फेलिक्स केही हतोत्साहित देखिए तर सिमिओनेलाई यसरी रगत तातेको खेलाडीहरु नै मन पर्छ । “म क्रान्तिकारीहरुलाई समर्थन गर्छु,” उनले भने ।

फेलिक्ससंग अझै पनि आगो बाल्दै क्लब र देशलाई नेतृत्व गर्न सक्ने क्षमता रहेको साबित गर्न समय छ । तर असली फेलिक्स बाहिर निकाल्न एट्लेटिकोले पनि केही सम्झौता गर्नु पर्ने देखिन्छ ।

Click to comment

Trending