Headline

साबित्राको घुंडाको उपचार कतारमा हुने

Published

on

नेपाली महिला राष्ट्रिय टोलीकी स्टार फुटबलर साबित्रा भण्डारीको घुंडाको चोटको उपचार कतारमा हुने भएको छ ।

अखिल नेपाल फुटबल संघका अनुसार साबित्राको उपचार एस्पेटार हस्पिटलमा हुने भएको हो । यही हस्पिटलबाट राष्ट्रिय टोलीका बिक्रम लामा उपचार गरेर फर्किसकेका छन् भने अर्का स्टार फुटबल बिमल घर्ती मगर हाल उपचाररत रहेका छन् ।

फिफाको मान्यता प्राप्त एस्पेटार बिश्वकै प्रमुख स्पोर्ट्स मेडिसिन हस्पिटल अन्तर्गत पर्दछ । एस्पेटारले उपचार गराउने, खेलाडीहरुलाई रिह्याबिलिटेनस गराउनुका साथै अध्ययन पनि गराउने गर्दछ ।

दक्षिण एसियाकै उत्कृष्ट महिला फुटबलरहरु मध्येकी एक साबित्रा आफ्नोउपाचारका लागि जुन २६ (शनिबार) कतार प्रस्थान गर्नेछिन् ।

गत सिजनको राष्ट्रिय महिला लिगका दौरान नेपाल एपिएफ क्लब स्ट्राइकर साबित्रा नेपाल पुलिस क्लबबिरुद्ध खेल्दै गर्दा घाइते भएकी थिइन् । दायां घुंडामा चोट बोककी उनलाई एसिएल इन्जुरी भएको थियो भने बढीमा एक बर्ष मैदान बाहिर रहने भएकी हुन् ।

Click to comment

Trending