Headline

मेस्सीलाई बार्सिलोनामा नै राख्ने हो भने तलब घटाउन पर्ने ला लिग अध्यक्षको चेतावनी 

Published

on

स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले यदि बार्सिलोनाले स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमा राख्ने हो भने सन् २०२१-२२ को सिजनका लागि अन्य ठाउको लगानीमा कटौती गर्न पर्ने बताएका छन् । 

मेस्सीको बार्सिलोनासँगको सम्झौता यसै सिजनको अन्त्य सँगै सकिएको छ । मेस्सी र बार्सिलोना दुवैले नयाँ सम्झौताको बारेमा केही खुलाएका छैनन् भने यस विषय सबैको चासो बन्दै गएको छ ।

यसै वर्षको सुरुवातमा क्याटलन क्लबले कोरोनाका कारण टिकटबाट आउने रकममा कमी आएका भन्दै आफ्नो ऋण एक बिलियन युरो पुगेको जनाएको थियो । त्यसैले पनि क्लबलाई टाँट पल्टिन नदिनका लागि भए भने टेबासले मेस्सीलाई क्लबमा राख्नको लागि बार्सिलोनाले आफ्नो टोलीको नै तलबमा कटौती गर्न पर्ने पनि बताए ।   

मेस्सीले यस अघि चार वर्षको सम्झौता स्वरुप बार्सिलोनाबाट पाँच सय ५५ युरो बुझेका थिए । टेबासले बार्सिलोनाले ३३ वर्षीय मेस्सीको लागि त्यति ठुलो रकम खर्च गर्नका लागि अन्य स्थानमा गर्दै आएको लगानी र तलब कटौती गर्नु आवस्यक रहेको बताएका हुन् । 

‘बार्सिलोनाले तलबमा खर्च गर्न पाउने रकम भन्दा धेरै खर्च गरिसक्यो । आशा छ उनीहरूले मेस्सीलाई बार्सिलोनामा नै राख्न सफल हुन्छन् होला । तर त्यसका लागि उनीहरूले अन्यत्रको खर्चमा भने भारी कटौती गर्न पर्नेछ,’ टेबासले भने । 

‘हामी उनीहरूले गर्न पाउने खर्चका बारेमा लचिलो बन्न सक्दैनौ । चाहे त्यो मेस्सीको लागि नै किन नहोस, कुनै पनि नियममा परिवर्तन हुँदैन ।’ 

ला लिगाको कुल घाटा सात सय मिलियन युरो हुँदा बार्सिलोना एक्लैको आधा जस्तो रहेको छ । 

 

Click to comment

Trending