Euro 2020

युरोमा आज दुई खेल, समुह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्दै

Published

on

युरो कपमा वुधबार दुई खेलहरु हुँदै छन् । दुवै खेल राती १२:४५ मा सुरु हुनेछन् । समुह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने टुङ्गो लाग्ने खेलहरुमा क्रोएसियाले डेनमार्क र इङ्ल्याण्डले चेक रिपब्लिकको सामना गर्दै छ ।

क्रोएसिया भर्सेस स्कटल्याण्ड

क्रोएसिया र स्कटल्याण्ड दुवै टोलीलाई यो खेलमा तीन अंक ल्याउन सक्ने हो भने अन्तिम १६ मा स्थान बनाउने मौका छ । चेक रिपब्लिकसँग १-१ को बराबरी खेलेको क्रोएसिया पहिलो खेलमा इङ्ल्याण्ड विरुद्ध पराजित हुन पुगेको थियो ।

स्कटल्याण्डले पनि पहिलो खेलको पराजय पछि दोस्रो खेलमा इङ्ल्याण्डलाई बराबरीमा रोक्न सफल भएको थियो ।

यो खेलमा स्कटल्याण्डका लागि इङ्ल्याण्ड विरुद्ध म्यान अफ दि म्याच चुनिएका बिल्ली गिल्मोलर देखिने छैनन् । कोरोना भाईरस सक्रंमण भएका बिल्लीले युरो कप गुमाउने भएका हुन् । क्रोएसियाका लागि यो खेल निकै महत्वपूर्ण छ । यो खेलमा तीन अंक हात पार्न सके क्रोएसिया उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा स्थान बनाउन सफल हुने छ ।

क्रोएसियाको पछिल्लो छ खेलको लय हेर्दा उसले दुई खेलमा मात्रै जित निकालेको छ । स्कटल्याण्डको गएको छ खेलमा एकमा मात्रै पराजय छ । क्रोएसियाका लागि एन्टी रेबिच यो खेलमा लागि बेन्चमा बस्ने सम्भावना छ ।

गएको दुई खेलमा कुनै मौकालाई सदुपयोग गर्न नसकेका रेबिचलाई चेक विरुद्धको खेलमा हाफ टाइममै बाहिर राखिएको थियो । स्कटल्याण्डका लागि भने बिल्ली गिलमोर बाहेक सबै खेलाडी फिट रहेका छन् ।

प्लेयर्स टु वाच

किरिएन टिएर्ने, स्कटल्याण्ड

ब्रुनो पेटकोभिक, क्रोएसिया

इङ्ल्यान्ड भर्सेस चेक रिपब्लिक

आफ्नो दुवै खेलमा दमदार प्रदर्शन गरेको चेक रिपब्लिक र इंगल्याण्ड दुवै अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । सोमबार रातिको खेलमा बेल्जियमले फिनल्याण्डलाई हराएपछि यी दुइ टोली समान चार अंकले मंगलवारको खेल अघि नै अन्तिम १६ मा प्रवेश गरेका हुन् ।

यध्यपि दुवै टोलिका लागि यो खेल समूह बिजेता बन्ने लडाईका कारण निकै महत्वपुर्ण रहनेछ ।

यो खेलमा इङ्ल्याण्डका दुई महत्वपूर्ण खेलाडीहरु मेसन माउन्ट र बेन चिलवेल देखिने छैनन् । स्कटल्याण्ड विरुद्धको खेल सक्किए पछि गिल्मोरसँग अंकमाल गरेका कारण इङ्ल्याण्डका दुई खेलाडी मेसन माउन्ट र बेन चिलवेललाई पनि आईसोलेसनमा राखिएको छ ।

इङ्ल्याण्डको पछिल्लो छ खेलको नतिजा हेर्दा एक खेलमा मात्रै बराबरी रहेको छ । इङ्ल्याण्ड गएको पाँच खेलहरुमा लगतार बिजयी भएको अवस्था छ । चेकको पछिल्ला छ खेलमा एकमा मात्रै जित रहेको छ । चेक रिपब्लिकका लागि फेरी पनि यो खेलमा प्याट्रिक सिक हेर्न लायक खेलाडी हुने छन् । सधैं जस्तो ‘अल स्टार’ टोली रहेको इङ्ल्याण्डमा धेरै खेलाडी निकै राम्रा रहेका छन् ।

प्लेयर्स टु वाच

ज्याक ग्रिलिस, इङ्ल्याण्ड


थोमस सोउचेक, चेक रिपब्लिक

 

 

Click to comment

Trending