Headline

अर्जेन्टिनाले पराग्वेलाई हराउँदा मेस्सीले गरे किर्तिमान बराबरी, चिली क्वार्टरफाइनलमा

Published

on

पराग्वेलाई १-० ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिकाको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । यो खेलमा लियोनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सार्वधिक खेल खेल्ने किर्तिमान पनी बराबरी गरेका छन् ।

ब्रासिलियामा निकालेको यो जित अर्जेन्टिनाको प्रतियोगितामा दोस्रो जित हो भने १६ औँ अपराजित खेल पनि । २०१९ को कोपा अमेरिका सेमिफाइनलमा पराजित भए पछि अर्जेन्टिना पराजित भएको छैन ।

अर्जेन्टिनाको जितमा अलेजान्द्रो डालिओ गोमेजले गोल गरेका थिए । एन्जल डि मरियाको पासमा गोल गरेका गोमेजले भने,”एन्जलको पास निकै राम्रो थियो मैले त्यसमा गोल गर्न सफल भए र खुशी पनि छु हामी अर्को चरणमा पुगेका छौँ।”

मेस्सीले भने अर्जेन्टिनाको जर्सीमा धेरै खेल खेलेको जाभिएर मासिकरानोको किर्तिमान बराबरी गरेका हुन् । उनले १४७ खेल खेलिसकेका छन् ।

पाँच टोली रहेको समुहबाट चार टोलीले क्वार्टरफाइनलमा स्थान बनाउने छन् । जसमा ७ अंकका साथ शिर्ष स्थानमा रहेको अर्जेन्टिना र पाँच अंक रहेको चिली अर्को चरणमा पुगिसकेका छन् ।

चिलीले पनि मंगलबार बिहानै भएको खेलमा युरुग्वेसँग १-१ को बराबरी खेल्दै अर्को चरणमा प्रवेश गरेको छ । चिलीका लागि खेलमा एद्वार्डो वार्गासले गोल गर्दा अर्को गोल अटुरो भिडालले आफ्नै पोस्टमा ‘ओन गोल’ गर्न पुगेका थिए ।

अन्तिम स्थानमा रहेको बोलेभियाको कुनै अंक छैन र अर्को खेलमा युरुग्वेले बोलेभिया विरुद्ध खेल्दा अंक निकाल्न सक्दैन भने समुह ‘ए’ बाट युरुग्वे अर्को चरणमा पुग्न असक्षम हुन सक्ने छ ।

Click to comment

Trending