अन्तर्राष्ट्रिय

वेस्ट इन्डिज विरुद्दको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको क्लिन स्विप 

Published

on

घरेलु टोली वेस्ट इन्डिज विरुद्धको दोश्रो तथा अन्तिम टेस्टमा १५८ रनको फराकिलो जित निकाल्दै दक्षिण अफ्रिकाले शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो टेस्टमा एक पारी र ६३ रनको जित निकालेको दक्षिण अफ्रिकाले शृंखला २-० ले आफ्नो पक्षमा पारेको हो । 

जितका लागि ३२४ रनको लक्ष्य सहित ब्याटिङमा आएको वेस्ट इन्डिजले ५८ दशमलब तीन ओभर खेल्दै आफ्ना सबै विकेट गुमाएर मात्र १६५ रन बनाउन सक्यो ।

वेस्ट इन्डिजको तर्फबाट दोश्रो पारीमा किएरन पावेलले सर्वाधिक ५१ रन बनाए भने कायल मायर्सले ३४, किमा रोच २७ र जर्मेन ब्ल्याकउडले २५ रनको पारी खेले पनि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दक्षिण अफ्रिकाको जितमा केशव महाराजले सर्वाधिक पाँच विकेट लिए भने कागिसो रबाडाले पनि तीन विकेट आफ्नो नाममा दर्ता गराए ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पहिलो पारीमा २९८ रन बनायो भने वेस्ट इन्डिजलाई मात्र १४९ रनमा रोक्दै १४९ रनको अग्रता लिन सफल भयो । दोश्रो पारीमा मात्र १७४ रनमा समेटिएको दक्षिण अफ्रिकाले कुल ३२३ रनको अग्रता लिएको थियो ।

Click to comment

Trending