Euro 2020

युक्रेनलाई हराउँदै अष्ट्रिया पहिलो पटक युरोको अन्तिम १६ मा

Published

on

क्रिस्टोफ बउमग्राट्नेरको एक मात्र गोल निर्णायक बन्न पुग्दा अष्ट्रियाले युक्रेनलाई १-० ले हराउँदै युरो २०२० को अन्तिम १६ मा स्थान बनाएको छ । अष्ट्रियाको यो पहिलो पटक युरोपियन फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

बुकारेस्टमा भएको खेलमा युक्रेनको खेल पहिलेका दुई खेल जस्तो जोष देखिएको थिएन । खेल भरी एक प्रहार मात्रै फ्रेममा पार्न सफल भएको युक्रेनका लागि मुभ नै बनेनन् । युक्रेन खेलमा निरह जस्ताइ रहेको थियो ।

अष्ट्रिया भने खेलमा पूर्ण रुपमा हावी रह्यो । अष्ट्रियाका लागि खेलमा २१ औँ मिनेटमा गोल भएको थियो । कर्नरबाट आएको बललाई डिफेन्डर क्रिस्टोफ बउमग्राट्नेरले गोल गरेका थिए ।

त्यस पछी अष्ट्रियाले खेलमा पूर्ण नियन्त्रणमा लिन सफल भएको थियो । युक्रेनले खेलको अन्तिम समयमा भने केही प्रयास गरे पनि सफल भने हुन सकेन ।

जितसँगै अष्ट्रिया ६ अंकका साथ समुह ‘सी’ मा दोस्रो हुँदै अन्तिम १६ मा पुगेको छ । अर्को खेलमा नर्थ मेसेडोनियालाई ३-० ले हराएको नेडर्ल्याण्ड्स ९ अंकका साथ समुह बिजेता बन्दै अर्को चरणमा प्रवेश गरेको हो । युक्रेन तेस्रो स्थानमा रहेको छ । युक्रेन अन्तिम १६ मा पुग्नका लागि अन्तिम दिन सम्मको खेल कुर्नु पर्ने छ ।

Click to comment

Trending