अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप – चौथो दिनको खेलमा वर्षा बाधक, एक बल पनि हुन सकेन  

Published

on

भारत र न्युजिल्यान्ड बीचको वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको चौथो दिनको खेलमा पनि वर्षा बाधक बनेको छ । बिहान देखि नै लगातार रुपमा वर्षा हुँदा आज एक बलको पनि खेल हुन नसकी आजको दिन सकिएको छ ।

भारतलाई मात्र २१७ रनमा रोक्दै जबाफी ब्याटिङ गरेको न्युजिल्यान्डले दुई विकेटको नोक्सानीमा १०१ रन जोडेको छ भने भारत भन्दा ११६ रनले पछि छ र अझै उसको हातमा आठ विकेट बाँकी रहेको छ ।

न्युजिल्यान्डको तर्फबाट ओपनर डेभन कन्वेले इशान्त शर्माको बलमा आउट हुनु अघि १५३ बलको सामना गर्दै छ चौकाको मद्दतमा ५४ रन बनाए भने अर्का ओपनर टम लाथमले पनि ३० रनको पारी खेले । कप्तान विलियमसन ३७ बलमा १२ रनमा तथा दुई बलको सामना गरेका रस टेलर शून्य रनमा अविजित रहेका छन् ।  

भारतका रविचन्द्रन अश्विन र इशान्त शर्माले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

पहिलो दिन पनि वर्षाका कारण टस समेत हुन सकेको थिएन ।

 

Click to comment

Trending