Headline

डेम्बेले युरो कपबाट बाहिर

Published

on

फ्रान्सका फरवार्ड ओउसमाने डेम्बेलेले युरो कप २०२० का बाँकी खेल गुमाउने भएका छन् ।

हंगेरी विरुद्दको खेलका क्रममा चोट बोकेका उनले अब फ्रान्सका कुनै पनि खेलमा खेल्न नसक्ने भएका हुन् । ड्रमा सकिएको उक्त खेलको दोश्रो हाफमा मैदान प्रवेस गरेका डेम्बेलेलाई आफ्नो घुँडामा समस्या देखिए पछि ८७ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए ।

फ्रान्सका प्रशिक्षक डिडियर देसच्याम्प्सले हंगेरी विरुद्दको खेल पछि डेम्बेलेको एमआरआई गरिएको र उनको घुँडाको हड्डीमा समस्या देखि पछि थप उपचारका लागि घर फर्किएको बताए । उनले चोटका कारण हिजो टोलीको अभ्यासमा पनि भाग लिन सकेनन् ।

फ्रान्स अहिले समुह एफ को शिर्ष स्थानमा रहेको छ । आफ्नो पहिलो खेलमा जर्मनीलाई पराजित गरेको फ्रान्सले अब आफ्नो अन्तिम खेलमा बुधबार साबिक विजेता पोर्चुगलको सामना गर्नेछ ।

Click to comment

Trending