Headline

पृथले राष्ट्रिय टोलीबाट नाम फिर्ता लिए

Published

on

राष्ट्रिय क्रिकेट टोलीको स्पेन भ्रमणका लागि सोमबारदेखि शुरु हुनेबन्द्र प्रशिक्षणबाट प्रिथु बास्कोटाले नाम फिर्ता लिएका छन् ।

केही समयदेखि अमेरिकामा रहेका पृथु आफ्नो व्यक्तिगत कारण र हालको कोभिड-१९ को कारण उत्पन्न स्थितिले गर्दा उपस्थित नहुनेभएका हुन् । उनले यस बिषयमा नेपाल क्रिकेट संघलाई पनि जानकारी गराइसकेका छन् ।

पृथ लामो समयपछि नेपाली टोलीमा कमब्याक गर्ने संघारमा रहेका थिए । घरेलु ५० ओभरका दुई प्रतियोगिताहरुमा प्रभावशाली प्रदर्शन गरेका पृथले पछिल्लो पटक नेपालका लागि २०१५ मा आईसिसि बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा स्कटल्याण्डबिरुद्ध खेलेका थिए ।

त्यस यता एक समय नियमित रुपमा राष्ट्रिय टोलीका सदस्य बनिसकेका पृथ कहिले चोटका कारण त कहिले अन्य कुनै कारण पुनरागमन गर्न असफल रहदै आएका थिए ।

सोमबारको बन्द प्रशिक्षणका लागि क्यानले क्याम्पमा बोलाइएका सबै १९ खेलाडी र तीन पदाधिकारीहरुको स्वाब संकलन आइतबार गरेको छ । खेलाडीहरुको कोभिड-१९ बिरुद्धको सुरक्षाका लागि क्यानले दिर्घायु हस्पिटलसंग साझेदारी गरेको छ ।

नेपाली टोलीको बन्द प्रशिक्षण सञ्चालनका लागि प्रशिक्षक डेभ ह्वाटमोर गत साता श्रीलंकाबाट नेपाल फर्किएका थिए ।

नेपालले स्पेनमा आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत आफ्नो दोश्रो श्रृंखला खेल्न गइरहेको हो । स्कटल्याण्डले आफ्नो देशमा बर्तमान परिस्थितिका कारण गर्न नसक्ने भन्दै स्पेनमा श्रंखला खेल्न नेपाल नामिबियालाई बोलाएको हो ।

स्पेन भ्रमणअघि नेपाल तैयारीका लागि बिदेशमा पनि क्याम्प राख्नेछ ।

Click to comment

Trending