Euro 2020

युरोमा चार खेल: समुह ‘बी’ र ‘सी’ बाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्दै

Published

on

युरो २०२० मा सोमबार चार खेलहरु हुँदै छन् । समुह ‘बी’ र ‘सी’ बाट दुई-दुई खेल हुँँदा आज अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्दै छ । समुह ‘बी’ बाट बेल्जियमले पहिले नै अन्तिम १६ मा स्थान बनाइसकेको छ । समुह ‘सी’ बाट पनि नेदरल्याण्ड्सले अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ ।

समुह ‘सी’

युक्रेन भर्सेस अष्ट्रिया

यो खेल दुवै टोलीका लागि गर या मरको खेल रहेको छ । युक्रेनले दुई खेल खेल्दा एकमा हार एकमा जित निकालेको छ भने अष्ट्रियाको पनि उही नतिजा रहेको छ । आफ्नो तेस्रो खेलमा भिड्दै गरेका यि दुई टोली मध्ये आज जुन टोलीले तीन अंक हात पार्छ त्यो अन्तिम १६ मा प्रवेश गर्ने छ । बराबरी भएको खण्डमा युक्रेन कार्ड काउन्टको आधारमा अन्तिम १६ मा स्थान बनाउने छ ।

पछिल्लो दुई खेल हेर्दा युक्रेन गोल गर्ने लयमा देखिएको छ । युक्रेनले दुई खेलमा चार गोल गरिसकेको छ । अष्ट्रिया आफ्नो पछिल्लो छ खेलमा उच्च फममा भने रहेको छैन । आफ्नो अन्तिम खेलमा नेडर्ल्याण्ड्ससँग पराजित भए पछि अन्तिम १६ को आशालाई अन्तिम १६ सम्म ढकेलेको अष्ट्रिया कमजोर टोली भने हैन ।

खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

नेदरल्याण्ड्स भर्सेस नर्थ मेसेडोनिया

आफ्नो पहिलो युरो खेल्दै गरेको नर्थ मेसेडोनियाले अन्तिम खेल खेल्दै छ । जहाँ उसलाई गुमाउनु केही छैन भने पाउँदा ईतिहास रच्न सक्ने समिकरण रहेको छ । नेदरल्याण्ड्सलविरुद्ध खेल्दै गर्दा नर्थ मेसेडोनिया लयमा त छैन तर उसले डचलाई हराउँछ भने ईतिहास रच्ने छ । नेदरल्याण्ड्स पहिले नै अन्तिम १६ मा पुगिसकेको टोली हो । यो खेल पनि नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

अन्द्रिए यामोलेन्को, युक्रेन

डोनयल मालेन, नेडर्ल्याण्ड्स

समुह ‘बी’

रुस भर्सेस डेनमार्क

बिना अंक समुहको पुछारमा रहे पनि रुसलाई डेनमार्कले ३-० पराजित गर्न सफल हुन्छ भने डेनमार्कको अन्तिम १६ मा पुग्ने सपना जिवितै हुने छ । रुसले डेनमार्कलाई हराएको खण्डमा रुस आँफै अन्तिम १६ मा स्थान बनाउने छ । आफ्नो पहिलो खेलमा बेल्जियमसँग पराजित भए पनि दोस्रो खेलमा फिनल्याण्डलाई पराजित गरेको रुसको तीन अंक रहेको छ । रुस दोस्रो स्थानमा छ ।

घरेलु रङशाला पार्ककेनमा हुने खेलमा डेनमार्कका लागि धेरै खेलाडीहरु फिट रहेका छन् । क्रिष्चियन एरिकसनको दुखद घटना पछि दोस्रो खेलमा बेल्जियम विरुद्ध केही राम्रो केही देखाए पनि अन्तिम समयमा पराजित हुन पुगेको थियो । रुसले दोस्रो खेलमा राम्रो लय समाएका कारण डेनमार्कलाई यो खेल सहज छैन ।

एलेक्स्से मिरानचुक , एलेक्जेण्डर गोलोभिन र अर्टेम डिज्युबा जस्ता आक्रमण रहेको रुसका लागि जितको सम्भावना प्रवल रहेको छ । खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

फिनल्याण्ड भर्सेस बेल्जियम

बेल्जियम फिन्ल्याण्डसँग यो खेलमा पराजित भएमा फिनल्याण्ड स्वत: अन्तिम १६ मा प्रवेश गर्ने छ । बेल्जियमलाई भने फिनल्याण्डलाई पराजित गर्दै समुह बिजेता बन्दै अन्तिम १६ मा जाने मौका हुने छ । युरोका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आएको बेल्जियमका लागि फिनल्यान्डले चुनौती दिन सक्ने छ । फिनल्याण्डले पहिलो खेलमा डेनमार्कलाई पराजित गर्दा दोस्रो खेलमा रसियासँग पराजित हुन पुगेको थियो । बेल्जियम यस अघि नै अन्तिम १६ मा पुगिसकेको छ ।

बेल्जियमले यो खेलका लागि आफ्नो महत्वपूर्ण खेलाडीहरुलाई बेन्चमा राख्न सक्ने छ । खेल नेपाली समय अनुसार १२:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

मार्टिन ब्रेथवाइट, डेनमार्क

थोर्गन हजार्ड, बेल्जियम

Click to comment

Trending