Headline

कोपा अमेरिका: पेरुसँग कोलम्बिया पराजित

Published

on

एरी मिनाको आत्मघातिक गोलको मद्धतमा पेरुले कोपा अमेरिका २०२० मा कोलम्बियालाई २-१ ले हराएको छ । पेरुको यो कोपा अमेरिकामा पहिलो जित हो ।

पेरुका लागि १७ औँ मिनेटमै सर्जियो पेनाले गोल गर्दै अग्रता दिलाएका थिए । कोलम्बिया भन्दा पहिलो हाफ निकै राम्रो खेलेको पेरु गोल गर्न मात्रै चुकेको थियो । पहिलो हाफमा पेरुको छ प्रयासहरुलाई कोलम्बियाका डिफेन्डरहरुले किल्यर गर्दिएका थिए ।

दोस्रो हाफमा कोलम्बियाले बराबरी गोल फर्काएको थियो । पेरुका गोलरक्षक पेद्रो गल्लासी कोलम्बियाका खेलाडीलाई पेनाल्टी एरियामा फाउल गरे पछि पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीमा कोलम्बियाका मिगुएल बोर्जाले गोल गरेका थिए । तर, ६४ औँ मिनेटमा एसी मिनालाई लाग्दइ गोल भए पछि कोलम्बिया २-१ ले पराजित भयो ।  यस्तै आजै भएको पहिलो खेलमा भेनेजुएला र इक्वेडरले २-२ को बराबरी खेलेका छन् ।

जितसँगै पेरुले दोस्रो खेलमा पहिलो तीन अंक हात पारेको छ । कोलम्बिया पराजित भए पनि ४ अंकका साथ दोस्रो स्थानमा रहेको छ । ६ अंकका साथ ब्राजिल पहिलो स्थानमा रहेको छ ।

 

Click to comment

Trending