अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप – कन्वेको अर्धशतकमा भारत विरुद्ध राम्रो सुरुवात गर्न सफल न्युजिल्यान्ड 

Published

on

डेभन कन्वेको अर्धशतकमा न्युजिल्यान्डले वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको आफ्नो पहिलो पारीमा राम्रो सुरुवात गर्न सफल भएको छ ।

भारत मात्र २१७ रनमा रोक्न सफल भएको न्युजिल्यान्डले तेश्रो दिनको खेलको समाप्तिमा दुई विकेटको नोक्सानीमा १०१ रन जोडेको छ भने भारत भन्दा ११६ रनले पछि रहेको छ भने उसको हातमा आठ विकेट बाँकी रहेको छ ।

न्युजिल्यान्डको तर्फबाट ओपनर डेभन कन्वेले इशान्त शर्माको बलमा आउट हुनु अघि १५३ बलको सामना गर्दै छ चौकाको मद्दतमा ५४ रन बनाए भने अर्का ओपनर टम लाथमले पनि ३० रनको पारी खेले ।

दिनको खेलको समाप्तिमा कप्तान विलियमसन ३७ बलमा १२ रनमा तथा दुई बलको सामना गरेका रस टेलर शून्य रनमा अविजित रहेका छन् ।  

भारतका रविचन्द्रन अश्विन र इशान्त शर्माले समान १-१ विकेट आफ्नो नाममा दर्ता गराए ।  

यस अघि तेश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा १४६ रनबाट सुरु गरेको भारतले ७१ रन जोड्दा बाँकी सात विकेट पनि गुमाउन पुग्यो । 

अघिल्लो दिन ४४ रनमा अविजित रहेका भारतका कप्तान विराट कोहलीले आज आठ बल खेल्दै कुनै पनि रन नजोडी कायल जेमिसनको बलमा एलबीडब्लुको शिकार भए भने अर्धशतक बनाउनबाट चुकेका उपकप्तान अजिंक्य रहाने ४९ रनमा पेभेलियन फर्किए ।

त्यस बाहेक रिशब पन्त चार, रविन्द्र जडेजा १५, रविचन्द्रन अश्विन २२, इशान्त शर्मा चार तथा जस्प्रित बुम्रा गोल्डेन डकआउट भए भने मोहम्मद शामी चार रनमा अविजित रहे ।  

दोश्रो दिन भारतका ओपनरद्वय रोहित शर्मा र शुबमन गिल क्रमश ३४ र २८ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका चेतेश्वर पुजाराले आठ रन बनाएर आउट भएका थिए । 

भारतलाई ठुलो स्कोर बनाउनबाट रोक्ने क्रममा न्युजिल्यान्डका कायल जेमिसनले २२ ओभर बलिङ गर्दै १२ मेडन सहित ३१ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने ट्रेन्ट बोल्ट र निल वागनरले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

 

 

Click to comment

Trending