Euro 2020

टर्कीलाई पराजित गरे पनि स्विट्जरल्याण्डले अन्तिम १६ का लागि केही दिन कुर्नु पर्ने

Published

on

टर्कीलाई ३-१ ले पराजित गरे पनि स्विट्जरल्याण्ड सहजै अन्तिम १६ मा स्थान बनाउन असफल भएको छ । स्विट्जरल्याण्डले तेस्रो स्थानमा रहदै समुह ‘ए’ बाट अन्तिम १६ को यात्रा भने तय गर्न सक्नेछ । तर, स्विट्जरल्याण्डले अब बाँकी रहेका खेलहरुको भर पर्नु पर्ने छ ।

वेल्स इटालीसँग १-० ले पराजित भए पनि । -१ को गोल भिन्नता रहेका कारण स्विट्जरल्याण्डले सिधै अन्तिम १६ मा स्थान बनाउन सकेन् ।

स्विट्जरल्याण्डका लागि जेर्दान सकिरीले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दा हारिस सेफेरोविकले एक गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि तिन वटै गोलमा स्टेभन जुबएरको एस्सिट रहेको थियो । टर्कीका लागि युरो २०२० मा इरफान कावेसीले गोल फर्काएका थिए ।

स्विट्जरल्याण्डका लागि छैँठौ मिनेटमै पहिलो गोल भएको थियो । स्टेभन जुबएरले दिएको पासमा हारिस सेफेरोविकले गोल गरेका थिए । सेफेरोविकले पेनाल्टी एरिया बहिरबाट गरेको प्रहारलाई टर्कीका गोलरक्षक उग्रुकान साकिरले कुनै मौका नै पाएनन् ।

खेलमा टर्कीले पहिलो हाफमा केही मिनेट स्विट्जरल्याण्डको पोस्टमा आक्रमण बुनेको थियो । तर, २६ औँ मिनेटमा जेर्दान साकिरीले गोल गर्दै स्विट्जरल्याण्डलाई २-० को अग्रता दिलाएका थिए ।

जुबेरीले निकालेको पासमा सकिरीले पेनाल्टी एरिया बहिरबाट उत्कृष्ट गोल गरेका थिए । सकिरीले करिब २५ मिटर बहिरबाट गरेको प्रहार गोल भएको थियो । स्विट्जरल्याण्ड पहिलो हाफ देखी नै तेस्रो गोलको खोजीमा रहेको थियो ।

तर, टर्कीले ६२ औँ मिनेटमा एक गोल फर्काएको थियो । टर्कीका लागि इरफान कावेसीले गोल गरेका थिए । त्यसको पाँच मिनेट पनि नबित्दै ६८ औँ मिनेटमा फेरी सकिरीले गोल गर्दै खेललाई ३-१ को स्थितीमा पुर्याएका थिए । यो गोलका लागि पनि जुबेरीले नै एसिस्ट दिएका थिए ।

७९ औँ मिनेटमा स्विट्जरल्याण्डका लागि ग्राएन्ट जाकाले प्रहार गरेको फ्रिकिक पोस्टमा लाग्न पुगेको थियो ।

जित पछि स्विट्जरल्याण्डको चार अंक रहे पनि दोस्रो स्थानमा रहेको वेल्स गोल भिन्नतामा एक अंक अगाडि रहे पछि वेल्स अन्तिम १६ मा पुगेको छ । वेल्स इटालीसँग १-० ले पराजित भएको थियो ।

 

Click to comment

Trending