अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप : जेमिसनको घातक बलिङ सामु निरिह भारतीय ब्याटिङ

Published

on

न्युजिल्यान्डका तीब्र गतिका बलर कायल जेमिसनले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको आफ्नो पहिलो पारीमा भारत मात्र २१७ रनमा समेटिएको छ ।

तेश्रो दिनको खेल तीन विकेटको नोक्सानीमा १४६ रनबाट सुरु गरेको भारतले ७१ रन जोड्दा बाँकी सात विकेट पनि गुमाउन पुग्यो । 

अघिल्लो दिन ४४ रनमा अविजित रहेका भारतका कप्तान विराट कोहलीले आज आठ बल खेल्दै कुनै पनि रन नजोडी कायल जेमिसनको बलमा एलबीडब्लुको शिकार भए भने अर्धशतक बनाउनबाट चुकेका उपकप्तान अजिंक्य रहाने ४९ रनमा पेभेलियन फर्किए ।

त्यस बाहेक रिशब पन्त चार, रविन्द्र जडेजा १५, रविचन्द्रन अश्विन २२, इशान्त शर्मा चार तथा जस्प्रित बुम्रा गोल्डेन डकआउट भए भने मोहम्मद शामी चार रनमा अविजित रहे ।  

दोश्रो दिन भारतका ओपनरद्वय रोहित शर्मा र शुबमन गिल क्रमश ३४ र २८ तथा तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका चेतेश्वर पुजाराले आठ रन बनाएर आउट भएका थिए । 

भारतलाई ठुलो स्कोर बनाउनबाट रोक्ने क्रममा न्युजिल्यान्डका कायल जेमिसनले २२ ओभर बलिङ गर्दै १२ मेडन सहित ३१ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारे भने ट्रेन्ट बोल्ट र निल वागनरले समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

 

Click to comment

Trending