Euro 2020

१३ खेलमा मात्र तीन गोल । कहां चुक्दै छन् पोलिस गोल मेसिन ?

Published

on

पोल्याण्डका समर्थकहरुलाई ठुलो प्रतियोगितामा आफ्नो टोलीको ओषत प्रदर्शनले निराश बन्ने बानी नै परि सकेको छ ।

युरो कपको आफ्नो दोश्रो खेलमा शनिबार राति स्पेनलाई गोलरहित बराबरीमा रोकेपनि पोल्याण्डको अवस्था नाजुक नै छ । उ समुह चरणबाटै बाहिरिने संघारमा छ ।

स्लोभाकियासंगको हार पोलिस समर्थकहरुलाई मान्य थिएन । समर्थकहरुलाई डर के पनि छ भने समुहको शिर्षमा रहेको स्विडेनसंगको अन्तिम खेलले नै उनीहरुलाई नकआउट गर्न सक्छ ।

समर्थकहरुलाई सबैभन्दा धेरै रिस पोल्याण्डका प्रशिक्षक पाउलो सौसा उठेको छ र उनीहरुको निशानामा पोलिस फुटबल इतिहासकै सर्वोत्कृष्ट स्ट्राइकर रोबर्ट लेवान्डोस्की पनि छन् ।

स्पेनबिरुद्ध शनिबार बराबरी गोल गरेपनि समर्थकहरुको आशा उनले स्लोभाकियाबिरुद्ध उच्च प्रदर्शन गर्दै पोल्याण्डलाई चाहे अनुरुपका शुरुवात दिने थियो । तर लेवान्टडोस्की गोल गर्ने त परको कुरा हो पोल्याण्ड खेलमा स्तब्ध नै भयो । शनिबारको गोलमा उनले केही इज्जत भने बचाए ।

सन् २०१६ को युरो कपमा बायर्न म्युनिखका स्टार लेवान्डोस्कीलाई सबैले विश्व स्तरीय स्ट्राइकरका रुपमा हेरेका थिए । तर अचम्म उनले उक्त प्रतियोगितामा एक गोल भन्दा गर्न सकेनन् । युरो २०१६ मा पोल्याण्ड पोर्चुगलसँग पेनाल्टीमा पराजित हुंदै क्वार्टर फाइनलबाट बाहिरियो ।

दुई बर्षपछि रुस बिश्वकपसम्म आइपुग्दा लेवान्डोस्कीको प्रतिष्ठा पनि निकै माथि उठिसकेको थियो । सबैले पोल्याण्डलाई ’डार्क हर्स’ को रुपमा हेरेका थिए, कारण थिए लेवान्डोस्की । तर लेवान्डोस्की नराम्ररी फ्ल्प हुन पुगे । पोल्याण्ड समुह चरणबाट नै बाहिरियो ।

शनिबार लेवान्डोस्कीले पोल्याण्डका लागि ठूलो प्रतियोगिताहरुमा आफ्नो तेश्रो गोल गरेका हुन्

लेवान्डोस्की हाल सबैभन्दा उत्कृष्ट सेन्ट्रल स्ट्राइकर रहेको कुरामा दुई मत छैन । सन् २०२० कोरोनाले प्रभावित नबनेको भए बालोन डि’ओउनले नै जित्ने थिए ।
तर लेवान्डोस्कीको ठूला प्रतियोगिताहरुको प्रदर्शन हेर्ने हो भने निकै दयनीय छ ।

समुहको सबैभन्दा सानो टोली मानिएको स्लोभाकियाबिरुद्ध लेवान्डोस्कीले गोलका लागि एउटा पनि राम्रो प्रहार गर्न सकेनन् । ठूला प्रतियोगितामा लेवान्डोस्कीको प्रदर्शन यस्तो छ – १३ खेल, गोल संख्या ३ ।

पोल्याण्डको एक पत्रिकाकाले स्लोभाकियासंगको खेलमा पराजित हुंदा आफ्नो प्रथम पृष्ठमा एउटा तस्बिर छाप्यो। तस्विरमा प्रशिक्षक सौसाको नामबाट यु अक्षर हटाएर एस ओ एस मात्र लेख्यो । अंग्रजीमा यसको मतलब हुन्छ मद्दत गर ।

त्यस्तै उक्त पत्रिकाले प्रशिक्षकको पुरानो भनाइ उदृत गर्दै’पोल्याण्डले यस पटक शानदार प्रदर्शन गर्नेछ’ भनेर पनि लेख्यो । तर पोल्याण्डले पहिलो खेलमा नै लज्जास्पद हार व्यहोर्न पुग्यो ।

सौसा पोलिस टोलीको नेतृत्व बहन गर्नका लागि सबैभन्दा खराब विकल्प भन्दा धेरैले सहमती नै जनाउदै आएका छन् । यस प्रतियोगिता अघि फुटबल संघका अध्यक्ष जेबिगनिएउ बोनेइकले आफ्नो टोली युरोको लागि राम्रो तयारीमा रहेको बताएका थिए ।

गत जनवरीमा यिनै बोनेइकले अलोकप्रिय प्रशिक्षक जर्जी ब्रजेचेकलाई बर्खास्त गर्दै सौसालाई नयां प्रशिक्षक नियुक्त गरि सबैको ध्यान तानेको थिए ।

सौसाको क्लबको प्रदर्शन पनि खासै राम्रो छैन । उनी पोल्याण्डको राष्ट्रिय टोली सम्हाल्ने दोश्रो विदेशी प्रशिक्षक हुन् । यस अघि लियो बेनहाकरले सन् २००६ देखि सन् २००९ सम्म पोल्याण्डको टोली सम्हाल्दा पहिलो विदेशी प्रशिक्षक बनेका थिए ।

सौसालाई प्रशिक्षक नियुक्त गर्नुको एउटै लक्ष्य के थियो भने उनले लेवान्डोस्कीस.ग राम्रो संयोजन गर्दै उनीबाट उच्चस्तरीय प्रदर्शन निकाल्ने । तर सौसाले प्रतियोगिता आउन निकै कम समय भएको अवस्थामा लेवान्डोस्कीको खेल्ने शैली नै परिवर्तन गरिदिए ।

“सौसाले धेरै भन्दा धेरै बल आफ्नो नियन्त्रणमा राख्ने शैलीमा मात्र खेल खेलाए । उनीसंग त्यस बाहेक अर्को रणनीति नै छैन । त्यस्तै उनी निकै कठोर बने भने खेल अनुसार आफ्नो शैलीमा परिवर्तन गर्न असफल पनि भए,” एक पत्रकारले भने ।

उनले गत सिजन सबै क्लब प्रतियोगिताहरुमा बायर्न म्युनिखलका लागि भने २९ गोल गरेका थिए

अर्का एक पत्रकारले लेखेका छन्: “आशा छ की सौसाले पासा पल्टाउंदै खेलाडीको छनोट भने गर्ने छैनन् । तपाई यस्तो प्रशिक्षक नियुक्त गर्न खोज्नु हुन्छ जसले हाम्रो फुटबल पहिचान पुनर्निर्माण गर्ने आशामा छन् । हामीले शुरुवातमा आशा पनि राखेका थियौं । तर अहिले हेर्नुहोस कस्तो छ खेल ।”

“आजकल पोल्याण्डले हार्ने प्राय निश्चित नै हुन्छ । हामीलाई बल दिनुहोस् र पिडा दिने समय कुरेर बस्नुहोस् ।”

उनले आफ्नो लेखमा सबैभन्दा बढी लेवान्डोस्कीलाई राम्रोसँग खेल्ने अवसर प्रदान गर्न नसकेकोमा खेदो खनेका छन् । “यो एकदम सहज विषय हो । पोलिस टोलीको मुख्य काम भनेको लेवान्डोस्कीलाई कम्तिमा पनि गोल गर्नका लागि दुई चारवटा अवसर प्रदान गर्नु हो । तर यसमा पनि हामी चुकेका छौ ।”

“विश्व कै सबै भन्दा उत्कृस्ट स्ट्राइकारलाई पनि हामी प्रयोग गर्न सक्दैनौ । उनले ठूला प्रतियोगिताहरुमा १३ खेल खेल्दा जम्मा तीन गोल मात्र गर्न सकेका छन् । ती मध्ये सात खेलमा मात्र उनले गोल गर्ने अवसर पाउन सकेका थिए । स्लोभाकियासंगको खेलमा भने एउटा पनि अवसर प्राप्त गर्न सकेनन् ।”

“यसमा लेवान्डोस्कीको आफ्नै पनि गल्ती छ । हामी चाहन्छौं कि उनी खेलमा संलग्न हुन् भन्ने । बल नियन्त्रण लिनका लागि अगाडी पछाडी कुद्ने । तर उनले बललाई नियन्त्रण लिनका लागि धेरै प्रयास गरेको पनि देखिएन । बिपक्षीले पनि उनलाई चल्ने अवसर पनि दिएनन् ।”

Click to comment

Trending