Euro 2020

युरोमा आज दुई खेल, समुह ‘ए’ बाट अन्तिम १६ मा पुग्ने टोलीको टुङ्गो लाग्दै

Published

on

युरो कपमा आइतबार समुह ‘ए’ को अन्तिम चरणका खेलहरु हुँदै छन् । एकै समयमा हुने यि दुई खेलहरुमा इटालीले वेल्सको सामना गर्दा दोस्रोमा स्विट्जरल्याण्डले टर्कीको सामना गर्दै छ ।

समुह ‘ए’ मा इटाली ६ अंकका साथ शिर्ष स्थानमा रहेको छ । दोस्रोमा ४ अंक सहित वेल्स र १ अंक सहित स्विट्जरल्याण्ड तेस्रो स्थानमा रहेको छ । टर्की लगातार दुई खेलमा पराजित भइसकेको छ ।

इटाली भर्सेस वेल्स

समुह चरणको आफ्नो अन्तिम खेलमा बिजयी हुँँदै इटाली शत प्रतिशत जित सहित अन्तिम १६ मा प्रवेश गर्न चाहन्छ । इटालीले आफ्नो दुवै खेलमा टर्की र स्विट्जरल्याण्डलाई समान ३-० गोल अन्तरले ले हराएको थियो । यदी वेल्स विरुद्ध इटाली पराजित हुने हो भने पनि अज्जुरीले पहिले नै अन्तिम १६ मा स्थान बनाएका कारण बेफाईदा हुने छैन ।

वेल्सका लागि २०१६ को युरोमा चम्केका आरोन राम्से र ग्यारेथ बेलबाट यो पटक पनि राम्रो खेलको आशा राखेको छ । तर, २९ खेलमा अपराजित रहेको इटालीलाई पराजित गर्न वेल्सलाई सजिलो छैन । वेल्सको पछिल्ला ६ खेल हेर्दा एकमा मात्रै पराजित भएको छ । आजको खेलमा वेल्स पराजित हुने र अर्को खेलमा स्विट्जरल्याण्डले टर्कीलाई हराए गोल भिन्नताका कारण वेल्सको अन्तिम १६ को सपना पुरा नहुन सक्छ ।

इटालीका लागि आज शुरुवाती ११ मा केही परिवर्तन आउन सक्ने छ । इटाली पहिलेनै अन्तिम १६ मा पुगेका कारण प्रशिक्षक रोबर्टो मान्चिनीले भरपर्दा युवा खेलाडीहरुलाई मौका दिन सक्ने छन् । वेल्सका लागि टर्कीसँग खेल्दाको शुरुवाती ११ नै इटाली विरुद्ध शुरुवात गर्न सक्ने छ ।

खेल नेपाली समय अनुसार ९:४५ मा शुरु हुने छ ।

प्लेयर्स टु वाच

मानुएल लोकाटेल्ली,इटाली


ड्यानियल जेम्स, वेल्स

स्विट्जरल्याण्ड भर्सेस टर्की

अन्तिम १६ मा स्थान बनाउने हो भने स्विट्जरल्याण्डलाई टर्की विरुद्धको खेल निकै महत्वपूर्ण छ । इटालीसँग वेल्स पराजित भएको स्थितीमा र स्विट्जरल्याण्डले टर्कीलाई हराएको अवस्थामा समुह ‘ए’ अझै रोमान्चक हुने आशा गर्न सकिन्छ । यो पटक युएफाले समुहको उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीलाई अन्तिम १६ मा प्रवेश दिने भएका कारण पनि आज हुने दुवै खेल रोमाञ्चक हुने आशा गरिएको छ ।

यि दुई टोलीको अन्तिम छ खेलहरु हेर्दा स्विट्जरल्याण्ड एक खेलमा मात्र पराजित भएको छ । युरो २०२० मा पहिलो जितको खोजीमा रहेका स्विट्जरल्याण्ड र टर्की दुवैलाई तीन अंकको आवश्यकता रहेको छ । टर्कीको पछिल्ला छ खेलहरु हेर्दा उसले दुई खेलमा मात्रै पराजय भोगेको छ । युरोमा पहिलो जित निकाल्ने दाउमा रहेको टर्कीका लागि स्विट्जरल्याण्ड विरुद्धको तीन अंक पनि आफ्नो साख जोगाउन महत्वपूर्ण छ ।

स्विट्जरल्याण्डका लागि मरियो गारानोविक, ग्राएन्ट जाका र उनीहरुको एकमत्रै गोलकर्ता ब्रील एम्बोलोको खेलहरु हेर्न लायाकका छन् । टर्कीको टोलीमा पनि कग्लर सयान्चु, बुराक यिल्माज, मेरिह डिमेरियल र मेरिट मुल्दुर जस्ता खेलाडी छन् । युवा टोली भएका कारण पनि टर्कीका खेलाडीमा अतराष्ट्रिय फुटबलमा अनुभवको कमी देखिन्छ ।

खेल नेपाली समय अनुसार ९:४५ बजे सुरु हुने छ ।

प्लेयर्स टु वाच

मरियो गारानोविक, स्विट्जरल्याण्ड


मेरिट मुल्दुर, टर्की

 

Click to comment

Trending