Euro 2020

पेनाल्टी खेर फाल्दा स्पेन पोल्याण्डसंग रोक्कियो

Published

on

लगातार दोश्रो बराबरी खेलेपछि स्पेनको युरो कपको अन्तिम १६ मा प्रवेश गर्ने अभियानमा नराम्रो धक्का लागेको छ । समुह इ को पहिलो खेलमा स्विडेनसंग गोलरहित बराबरीमा रोक्किएको स्विेडेन शनिबार सेभिलमा पोल्याण्डसंग १-१ गोलको बराबरीमा रोक्कियो ।

भिडियो असिस्टेन्ट रेफ्रि (भार) को सहयोगमा अग्रता लिएको स्पेनलाई बराबरीमा रोक्ने क्रममा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । खेलमा पूर्ण रुपमा पकड जमाएको स्पेनलका लागि जेरार्ड मोरेनोले पेनाल्टी मै गोल गर्न चुकेपछि उसको दुर्भाग्य दोश्रो खेलमा पनि कायम रह्यो ।

शनिबारको परिणामपछि स्पेनको दुई अंकसहित तेश्रो स्थानमा रहेको छ । चार अंकसहित स्विडेन पहिलो र स्लोभाकिया तीन अंकसहित दोश्रो स्थानमा छ । स्पेनले अब अन्तिम लिग खेलमा स्लोभाकिया र पोल्याण्डले स्विडेनसंखग खेल्नेछ ।

खेलको २६ औं मिनेटमा जेरार्ड मोरेनोको क्रसमा अल्भारो मोराटाले ६ यार्ड भित्रबाट फिनिसिंग गरे पनि उनको गोललाई मान्यता दिइको थिइएन । तर भारमार्फत मोरोटाको गोललाई बैधानिक मानिएको थियो ।

मोरेनोले ३४ औं मिनेटमा बक्स बाहिर प्राप्त फ्रि किकमा राम्रो प्रयास गरेपनि उनको प्रहार थोरैले बाहिरिएको थियो । लगत्तै स्पेनको पोस्टमा रोबर्ट लेवान्डोस्कीले निकालेको बलमा करोल स्विडर्सकीको क्लोज रेन्ज भलि पोस्टको माथिबाट गएको थियो ।

पहिलो हाफको अन्त्य तिर खेलकै सबैभन्दा सुनौलो अवसरमा पोल्याण्ड चुकेको थियो । टोमेटुज पुकाजको सशक्त प्रहार पोस्ट मा लागेपनि अनमार्क रहेका लेवान्डोस्कीसंग पर्याप्त टाइम र स्पेस भएपनि नजिकैबाट स्पेन गोलकिपर उनाई सिमोनलाई बिट गर्न असफल रहेका थिए ।

५४ औं मिनेटमा लेवान्डोस्कीले पोल्याण्डलाई खेलमा फर्काए । उनले आयमेरिक लापार्टेले बिट गर्दै हेडर मार्फत सुन्दर गोल गरेका थिए । लगत्तै पोल्याण्डले अर्को लाइफलाइन पायो ।

भारकै सहयोगमा मोरेनोले याकुब मोडरको फाउलमा पेनाल्टी जिते । पेनाल्टीमा उनको प्रहार पोस्टमा लाग्यो र रिबाउण्डमा आएको बलमा मोराटा गोल गर्न चुकेका थिए ।

स्पेनले अन्तिम १० मिनेट निरन्तर पोलिस बक्समा दवाब बनाएपनि मोराटा, मोरेनोफेर्रान टोरेसले गोल गर्न चुकेका थिए ।

Click to comment

Trending