अन्तर्राष्ट्रिय

वर्ल्ड टेस्ट च्याम्पियनसिप : भारतको सामान्य सुरुवात, दोश्रो दिन १४६ रन मात्र जोड्न सक्यो 

Published

on

वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलको दोश्रो दिन भारतले खराब प्रकाशका कारण खेल रोकिनु अघि न्युजिल्यान्ड विरुद्ध सामान्य सुरुवात गरेको छ । 

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले खेल रोकिनु अघि ६४ दशमलब चार ओभर ब्याटिङ गर्दै तीन विकेटको नोक्सानीमा १४६ रन मात्र जोड्न सकेको छ । 

दिनको खेलको समाप्तिमा भारतका कप्तान विराट कोहली ४४ रनमा तथा उपकप्तान अजिंक्य रहाने २९ रनमा अविजित रहेका छन् । ८८ रनको अवस्थामा तीन विकेट गुमाएको भारतको लागि कोहली १२४ बलको तथा रहानेले ७९ बलको सामना गर्दै चौथो विकेटका लागि २४ दशमलब दुई ओभरमा ५८ रनको साझेदारी गरेका छन् । 

भारतका ओपनरद्वय रोहित शर्मा र शुबमन गिलले पहिलो विकेटको लागि ६२ रन जोड्दै राम्रो सुरुवात दिए । तर एक रनको अन्तरालमा क्रमश ३४ र २८ रन बनाएका शर्मा र गिल आउट भए भने तेश्रो नम्बरमा ब्याटिङ गर्न आएका चेतेश्वर पुजाराले पनि आठ रन भन्दा जोड्न सकेनन् । 

राम्रो सुरुवात गरेको भारतलाई रोक्ने क्रममा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, कायल जेमिसन र निल वागनरले समान १-१ विकेट हात पारे । 

पहिलो दिनको खेलमा वर्षा बाधक बन्दा टस पनि हुन सकेको थिएन ।

Click to comment

Trending