Headline

पोर्चुगल विरुद्ध उच्च प्रदर्शन गरेको जर्मनीको युरोमा पहिलो जित

Published

on

युरो २०२० मा जर्मनीले आफ्नो पहिलो जित निकालेको छ । जर्मनीले पोर्चुगललाई ४-२ ले हराएको हो । पहिलो जित निकाल्दा जर्मनीका लागि दुई गोल पोर्चुगिज डिफेन्डरले ‘ओन गोल’ गरेका थिए भने अन्य दुई गोल काई ह्वाभर्ट्ज र रोबेन गोसेन्सले गरेका थिए । पोर्चुगलका लागि क्रिष्चियानो रोनाल्डो र डिएगो जोटाले गोल गरेका थिए ।

रोनाल्डोले डिएगो जोटाको पासमा गोल गरेका थिए । बर्नान्डो सिल्भाले काउन्टर अट्याकमा जोटालाई दिएको पासबाट उक्त गोल सम्भव भएको थियो । रोनाल्डोको यो युरो च्याम्पियन्शिपमा १२ औँ गोल हो ।

खेलको पाँचौँ मिनेटमै जर्मनीले गोल गरे पनि उक्त गोललाई भिएआरको साहयताले रेफ्रीले गोल दिएका थिएनन् । योसुवा किमिचले दिएको क्रस अघि नै सर्ज गनाब्री अफसाइड रहेका थिए । १० औँ मिनेटमा काइ ह्वाभर्ट्जको प्रहारलाई पोर्चुगलका गोलरक्षक रुइ पेट्रेसियोले जोगाएका थिए । तर, खेलको ३५ औँ मिनेटमा जर्मनीका काई ह्वाभर्ट्जले गोल गर्दै खेलमा फर्काएका थिए । रविन गोसेन्सको क्रसमा रुबेन डाएसलाई लाग्दै ‘ओन गोल’ भएको थियो ।

३९ औँ मिनेटमा भने जर्मनीले अग्रता लिएको थियो । किमिचले गरेको क्रसले राफेल गुरेरोको खुट्टामा लग्न पुग्दा पोर्गुगलले ‘ओन गोल’ गर्न पुगेको थियो ।

दोस्रो हाफमा जर्मनीले दुई गोल गरेको थियो । ५१ औँ मिनेटमा रोबेन गोसेन्सको पासमा काई ह्वाभर्ट्जले गोल गरेका थिए । यस्तै चौँथोँ गोल ६० औँ गोसेन्सले गरेका थिए । किमिचको क्रसमा गोसेन्सले हेडिङ गर्दै खेल ४-१ को स्थितीमा पुर्याएका थिए ।

पोर्चुगलका लागि दोस्रो गोल ६७ औँ मिनेटमा जोटाले गरेका थिए । रोनाल्डोले दिएको एसिस्टमा जोटा नजिकैबाट गोल गर्न सफल भएको छ ।

जर्मनीले जित निकालेसँगै समुह ‘एफ’ अझै रोमान्चक बनेको छ । दोस्रो चरणमा खेलहरु सकीँदा फ्रान्स समुहमा ४ अंक सहित शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा जर्मनी, तेस्रो स्थानमा पोर्चुगल र चौँथो स्थानमा हङ्गेरी रहेका छन् । आजै मात्रै हङ्गेरीले फ्रान्ससँग १-१ को बराबरी खेलेको थियो । अन्तिम १६ मा प्रवेशका लागि महत्वपूर्ण खेलहरुमा अब जर्मनीले हङ्गेरी र फ्रान्सले पोर्चुगलको सामना गर्ने छ ।

आजको अन्तिम खेलमा १२:४५ बजे स्पेनले पोल्याण्डको सामना गर्दै छ ।

Click to comment

Trending