Headline

डच खेलाडी मेम्फिस डिपे बार्सिलोनामा

Published

on

स्पेनिस क्लब बार्सिलोनाले डच फर्वार्ड मेम्फिस डिपेलाई क्लबमा अनुबन्धन गरेको जनाएको छ । डिपे ‘फ्री एजेन्ट’ का रुपमा क्याट्लान क्लब आएका हुन् ।

२७ वर्षिय डिपेलाई नयाँ प्रशिक्षक रोनाल्डो कोमनले बार्सिलोनामा भित्र्याउन बोर्डसँग सल्लाह गर्दै आएको बिभिन्न संचार मध्यामहरुले रिपोर्ट सार्वजनिक गर्दै आएका थिए ।

डिपेले लायोनलाई लिग वानमा लगतार शिर्ष पाँचमा सिजन सकाउन महत्वपूर्ण भूमिका खेलेका थिए । फ्रान्समा आफ्नो सम्झौता थप गर्न इच्छुक नरहेको बताउदै आएका डिपेले लायोनभन्दा ठूलो क्लबका लागि खेल्ने लक्ष्य रहेको पनि बताएका थिए । उनी हाल नेडर्ल्याण्ड्स टोलीसँग युरो २०२० मा खेल्दै छन् ।

पिएसभी आइन्डहोभनबाट व्यवसायिक करिअर शुरु गरेका डिपे इङ्गलिस प्रिमियर लिग टोली म्यानचेस्टर युनाइटेडपछि २०१७ मा लायोन गएका थिए । त्यस पछि उनी बार्सिलोना आएका हुन् ।

Click to comment

Trending