Euro 2020

हंगेरीले बिश्व बिजेता फ्रान्सलाई बराबरीमा रोक्यो

Published

on

बिश्वकप बिजेता प्रान्सलाई १-१ को बराबरीमा रोकेपछि हंगेरीले युरो कपको ग्रुप अफ डेथ मानिएको समुह एफ लाई रोमाञ्चक बनाएको छ ।

पुस्कास एरिनामा ६० हजार घरेलु दर्शकलाई आफ्नो कुर्सीबाट उचाल्ने क्रममा आटिला फियोलाले पहिलो हाफको अन्त्य तिर हंगेरीलाई सनसनीपूर्ण अग्रता दिलाएका थिए । तर फ्रान्सले एन्टोइन ग्रिजमनको गोलमार्फत बराबरी गर्दै नाक बचाएको थियो ।

यो परिणमपछि जर्मनी र पोर्चुगल पनि सम्मिलित समुह एफ सबैको लागि खुल्ला भएको छ । पहिलो खेलमा जर्मनीलाई हराएको फ्रान्स चार अंक सहित शिर्ष स्थानमा रहेको छ भने जर्मनीसंगको खेलअघि पोर्चुगल तीन अंक सहित दोश्रो स्थानमा छ ।

हंगेरी एक अंकसाथ तेश्रो र जर्मनी अन्तिम स्थानमा छ ।

पांच मिनेटको अतिरिक्त समयको दोश्रो मिनेटमा अटिला फियोलाले गोल गर्दै फ्रान्सलाई स्तब्ध पारेका थिए । काउन्टर अट्याकमा सम्भव मुभमा फियोलाले राम्रो फिनिसिंग गरेका थिए ।

पहिलो १० मिनेटमा खेललाई नियन्त्रणमा लिएपनि फ्रान्सले निरन्तर दवाब बनाएको खेलमा फियोलाले काउन्टर अट्याकमा उत्कृष्ट फिनिसिंग गरेका थिए ।

पहिलो ठूलो अवसर १३ औं मिनेटमा फ्रान्सले बनाएको थियो । किलियन एम्बाप्पेले बक्स बाहिरबाट गरेको लो ड्राइभलाई हंगेरी गोलकिपर पिटर गुलासीले बचाएका थिए ।

चार मिनेटपछि एम्बाप्पेको घुमाउरो हेडर थारैले मात्रै बाहिरिएको थियो । ३१ औं मिनेटमा बनेको राम्रो टिम मुभमा एम्बाप्पेले बक्स भित्रबाट दिएको ब्याक हिल पासमा करिम बेन्जेमाले खुला मौका पाउदा उनको प्रहार बाहिरिएको थियो ।

दोश्रो हाफको पहिलो देखि नै बराबरी गोलको खोजीमा रहेको फ्रान्सका लाग औस्माने डेम्बेलेको कडा प्रहार पोस्टमा लागेको थियो ।

६६ औं मिनेटमा फ्रान्स खेलमा फर्कियो । निरन्तर हंगेरीको पोस्टमा दवाब बनाउदै गर्दा एम्बाप्पेको क्रसलाई हंगेरी डिफेन्सले क्लियर गर्न नसक्दा आएको बलमा ग्रिजमनले सशक्त प्रहार गर्दा गुलास्कीलाई रोक्नका लागि कुनै मौका नै थिएन ।

फ्रान्सले त्यसपछि पनि निरन्तर प्रयास गर्दा हंगेरीले गत संस्करण को युरो उपबिजेतालाई रोक्न सफल भएको थियो ।

Click to comment

Trending