Headline

फ्रान्सबिरुद्ध हंगेरीले लियो सनसनीपूर्ण अग्रता

Published

on

हंगेरीले बिश्वकप बिजेता प्रान्सबिरुद्ध युरो कपको समुह चरणको आफ्नो दोश्रो खेलको पहिलो हाफमा १-० को अग्रता लिदै सनसनीपूर्ण प्रदर्शन गरेको छ ।

पुस्कास एरिनामा ६० हजार घरेलु दर्शकलाई खुशीको उन्मादमा पुर्याउने क्रममा आटिला फियोलाले पांच मिनेटको अतिरिक्त समयको दोश्रो मिनेटमा अटिला फियोलाले गोल गर्दै फ्रान्सलाई स्तब्ध पारेका छन् ।

पहिलो १० मिनेटमा खेललाई नियन्त्रणमा लिएपनि फ्रान्सले निरन्तर दवाब बनाएको खेलमा फियोलाले काउन्टर अट्याकमा उत्कृष्ट फिनिसिंग गरेका थिए ।

शुरुवाती १० मिनेट हंगेरी ले नै दवाब दिएपनि पहिलो ठूलो अवसर १३ औं मिनेटमा फ्रान्सले बनाएको थियो । किलियन एम्बाप्पेले बक्स बाहिरबाट गरेको लो ड्राइभलाई हंगेरी गोलकिपर पिटर गुलासीले बचाएका थिए ।

चार मिनेटपछि एम्बाप्पेको घुमाउरो हेडर थारैले मात्रै बाहिरिएको थियो । ३१ औं मिनेटमा बनेको राम्रो टिम मुभमा एम्बाप्पेले बक्स भित्रबाट दिएको ब्याक हिल पासमा करिम बेन्जेमाले खुला मौका पाउदा उनको प्रहार बाहिरिएको थियो ।

Click to comment

Trending