Headline

उरुग्वेलाई हराउँदै अर्जेन्टिनाले निकाल्यो कोपा अमेरिकामा पहिलो जित, मेस्सीको अर्को किर्तिमान

Published

on

गुइडो रोड्रिगेजको पहिलो हाफमा गरेको गोल निर्णायक बन्न पुग्दा आर्जेन्टिनाले कोपा अमेरिका २०२० मा आफ्नो पहिलो जित निकालेको छ ।

आर्जेन्टिनाका लागि पहिलो गोल १३ औँ मिनेटमै भएको थियो । लियोनल मेस्सीले मिलाएको पासमा गुइडो रोड्रिगेजले गोल गरेका थिए । उक्त एसिस्ट सँगै मेस्सी कोपा अमेरिकाको ईतिहासमा सार्वधिक एसिस्ट दिने खेलाडी बनेका छन् । उनको नाममा १३ एसिस्ट रहेको छ । पहिलो हाफमा निकै मौका बनाएको अर्जेन्टिनाले एक गोलको मात्रै अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि आर्जेन्टिना उरुग्वे माथि हावी रह्यो । आर्जेन्टिनाले उरुग्वेको पोस्टमा लगतार प्रहारहरु गर्दा गोल नगरे पनि सशक्त अट्याकिङ खेल देखाएको थियो । आर्जेन्टिनाले उरुग्वेको पोस्टमा दोस्रो हाफमा मात्रै ४ मौका बनाएको थियो । उरुग्वेको भने अर्जेन्टिनाको पोस्टमा एक पटक पनि सट तार्गेटमा रहन सकेन ।

खेलमा पोजिसन र पकड उरुग्वेले बनाए पनि फ्रेममा प्रहारहरु गर्न नसक्दा कोपा अमेरिकाको पहिलो खेलमा नै उरुग्वे १-० ले पराजित हुन पुग्यो ।

पहिलो खेलमा चिलीसँग १-१ को बराबरी खेलेको आर्जेन्टिना दोस्रो खेलमा तीन अंक हात पार्न सफल रह्यो । यस्तै आज बिहाना भएको पहिलो खेलमा चिलीले बोलेभियालाई १-० ले हराएको छ । चिलीका लागि बेन बेरेटोनले गोल गरेका थिए ।

जितसँगै समुह ‘बी’ मा आर्जेन्टिना ४ अंक सहित शिर्ष स्थानमा रहदा समान ४ अंक नै रहेको चिली दोस्रो स्थानमा छ ।

 

Click to comment

Trending