Headline

भारतका सबैभन्दा सफल धावक मिल्खा सिंहको निधन

Published

on

भारतका सबैभन्दा सफल धावक मिल्खा सिंहको कोरोना भाइरस संक्रमणपछिको जटिलताका कारण मृत्यु भएको छ । स्प्रिन्टर (छोटो गतिका धावक) मिल्खा सिंह ९१ बर्षका थिए ।

पांच दिनअघि उनकी पत्नी निर्मलको पनि कोरोनाकैकारण मृत्यु भएको थियो । मिल्खा सिंह भारतले जन्माएको सबैभन्दा सफल धावक हुन् ।

१९५८ कमनवेल्थ गेम्सका ४ सय मिटर स्वर्ण पदक बिजेता मिल्खा सिंह मे २४ देखि अस्पतालमा भर्ना भएका थिए । गत साता उनको कोरोना नेगेटिभ देखिएपछि कोभिड आइसियुबाट साधारण आईसियुमा सारिए पनि त्यसपछि भने जटिलता देखिएको थियो ।

हाल पाकिस्तानमा रहेको गोबिन्दपुरामा जन्मिएका मिल्खा सिंह ब्रिटिस साम्राज्यमा स्वर्ण जित्ने पहिलो धावक रहेका थिए ।

२०१० मा दिल्लीमा भएको कमनवेल्थ गेम्समा कृष्ण पुनियाले डिस्कस थ्रोमा स्वर्ण जित्दै मिल्खा सिंहको ५० बर्षको उपलब्भिको बराबरी गरेका थिए ।

मिल्खा सिंहले १९५८ र १९६२ को एसियन गेम्समा पनि भारतका लागि स्वर्ण पदक जितेका थिए । उनको सबैभन्दा ठूलो उपलब्धि १९६० को रोम ओलम्पिक्स थियो जहां उनी थोरैले मात्र चौथो भएका थिए । त्यस समय उनले बनाउको ४५ दशमलव ६ सेकेण्डको भारतीय किर्तिमान तोडिन अर्को ३८ बर्ष लागेको थियो ।

उनका छोरा जिभ मिल्खा सिंह पनि १४ पटकका अन्तर्राष्ट्रिय गल्फ प्रतियोगिता बिजेता हुन् ।

बलिउड अभिनेता फरहान अख्तर अभिनित मिल्खा सिंहकै जीवनमा आधारित ‘भाग मिल्खा भाग’ चलचित्रले उनको ख्यातीलाई थप उचाइमा पुर्याएको थियो भने उनलाई दक्षिण एसियामै प्रेरणादायी एथ्लिटको रुपमा लिन थालिएको थियो ।

Click to comment

Trending