Euro 2020

क्रोएसिया चेक रिपब्लिकसंग बराबरीमा रोक्कियो

Published

on

बिश्वकप उपबिजेता क्राएसिया युरो कपको आफ्नो दोश्रो खेलमा चेक रिपब्लिकसंग १-१ को बराबरीमा रोकिएको छ ।

प्याट्रिक सिकले एक पटक फेरि अग्रता दिलाएको चेक रिपब्लिक इभान पेरिसिचको गोलबाट बराबरीमा रोक्किएको थियो । पहिलो खेलमा इंग्ल्याण्डसंग पराजित क्रोएसियाको दोश्रो चरणको आशामा धक्का लागेको छ ।

पहिलो खेलमा स्कटल्याण्डलाई हराएको चेक रिपब्लिकको प्रि क्वार्टरफाइनल प्रवेश गर्ने सम्भावना भने बलियो बनेको छ । तर उसले अन्तिम खेलमा समुहकै बलियो टोली इंग्ल्याण्डको सामना गर्नु पनेृछ ।

चेक रिपब्लिकले ३७ औं मिनेटमा सिकको पेनाल्टी मार्फत अग्रता लिएको थियो । सिकले जारी युरोमा तेश्रो गोल गरिसकेका छन् ।

लगत्तै एन्टी रेबिचले गोल गर्ने निश्चित अवसर खेर फालेका थिए । दोश्रो हाफ शुरु भएको दोश्रो मिनेटमै क्रोएशिया खेलमा फर्कियो । छोटो फ्रि किकमा आएको बलमा पेरिसिचले राम्रो ड्रिब्लिंग गर्दै चेक बक्सबाट गरेको प्रहारलाई गोलकिपरले बचाउन सकेनन् ।

७२ औं मिनेटमा पेरिसिचले नै चेक बक्स भित्र पाएको खुला अवसरमा गरेको प्रहारलाई गोलमा परिणत गर्न असफल भएका थिए । खेलको अन्त्यतिर ब्रुनो पेट्कोभिचको प्रहार चेक डिफेन्सबाट क्लियर भएको थियो ।

दोश्रो हाफमा चेक रिपब्लिकले पनि असवर बनायो तर क्रोएसियाको लागि खतरा भने बन्न सकेन ।

Click to comment

Trending