Euro 2020

इन्डोर स्कुल प्रतियोगितादेखि जर्मनीका प्रमुख खेलाडी बनेका योसुवा किमिख

Published

on

एक दशक अगाडी अन्तर स्कुल इन्डोर प्रतियोगिता खेलेका योसुवा किमिख शनिबार जर्मनको युरो कपको उपाधि जित्ने अभियानमा पोर्चुगलबिरुद्ध प्रमुख खेलाडी नै बन्न सक्छन् । २६ बर्षिय बायर्न म्युनिख स्टार क्लब र देशका लागि प्रमुख खेलाडीको रुपमा नै परिपक्व भइसकेका छन् ।

स्कुले केटा जस्तो देखिएपनि किमिख एक सशक्त खेलाडीको रुपमा स्थापित भइसकेका छन् । चाहे मिडफिल्डरको रुपमा होस वा विंगमा खेल्दा, किमिख यस्ता फुटबलर हुन् जसलाई बलसंग उनले गरेको युद्ध जित्नै पर्छ ।

गत मंगलवार जर्मनी फ्रान्ससंग १-० ले हार्दा किमिखको लुकास हर्नान्डेजसंगको घम्सा घम्सीले उनीमा रहेको लडाकु मनोवृत्तीलाई स्पष्ट पार्छ ।

जर्मनीले जब शनिबार पोर्चुगलको सामना गर्नेछ किमिखका पहिलो मध्येका एक प्रशिक्षक फ्रिडर स्रोफ उनको नाममा ह्विस्कीको एक पेग उठाउदै चियर्स गर्नेछन् ।

सन् २००० को अन्त्यतिर दक्षिण पश्चिम जर्मनीमा जारी एक इन्डोर प्रतियोगितामा स्टुटगार्टको युवा टोली सम्हालेका स्रोफले किमिखको प्रतिभाको बारे थाहा पाएका थिए ।

“उनले त्यो समय निकै राम्रो खेलेका थिए र उनीमा लिडर बन्न सक्ने मानसिकता नै थियो। मलाई त्यो समयमा नै उनको लामो करिअर हुन्छ जस्तो लागेको थियो,” ६४ बर्षिय स्रोफले भने । त्यही रात स्रोफले किमिखका बुवासंग उनलाई स्टुटगार्टको एकेडमी मा भर्ती गराउन प्रस्ताव राखेका थिए ।

आफ्नो बालापन देखिको क्लब भिएफबी बोसिन्गेन छोड्दै किमिख त्यसपछि बुन्डेसलिगा टोली स्टुटगार्टको युवा टोलीमा लागे ।

“उनी सबै गर्न सक्छन् तर हार्न सक्दैनन् । उनी महत्वाकांक्षी छन् र मानसिक रुपमा निकै सशक्त छन्,” स्रोफले भने । जोसुवा किमिख बिश्वकै सबैभन्दा अग्ला, तिब्र र शक्तिशाली फुटबलरहरुमा पर्दैनन् ।

एक आधुनिक प्रशिक्षकका लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको उसको चरित्र हो । आफूमा सुधार ल्याउन उनी निरन्तर मिहिनेत गरिरहेका हुन्छन् । उनी एक दिन बायर्न म्युनिख र राष्ट्रिय टोलीकै कप्तान हुन्छन् ।

२०१२ मा स्रोफ स्टुटगार्ट छोड्दै जर्मन फुटबलको चौथो श्रेणीमा खेलिरहेको टोली आरबी लाइपजिग पुगे । लाइपजिगलाई अष्ट्रियन एनर्जी ड्रिंक रेड बुलले प्रोयोजन गरिरहेको थियो।

स्टुटगार्ट छोड्नु अघि स्रोफले किमिखलाई भनेः “के थाहा पछि भेट्न सकिन्छ की ?”

किमिखले त्यो समय कुनै प्रतिकृया नजनाएपनि किमिखमा निराशा स्पष्ट थियो । “एक बर्षपछि मसंग भएको कुरामा उनले मैले गरेको बिदाईलाई आफू चौथो श्रेणीमा खेल्नको लागि मात्र काबिल रहेको भनेको हो की भनेर बुझेका रहेछन्,” स्रोफले सम्झिए ।

तर बिउ रोपि सकिएको थियो भने किमिखले आफ्ना प्रशिक्षकलाई स्याक्सोनीसम्म पछ्याए । स्टुटगार्टले किमिख निकै हलुका भएको कारण उनलाई अण्डर १९ टिममा खेलाउदा उनी त्यहा हतोत्साहित भइसकेका थिए ।

“उनी निराश थिए र एक समय फुटबल छोड्ने बिषयमा पनि सोच्न थालिसकेका थिए,” किमिखका लागि लाइपजिगको व्यवस्थापनसंग कुरा गरेका स्रोफले भने ।

एक हप्तापछि किमिख आफ्नो परिवरसंगै लाइपजिग आए । लाइपजिग तेश्रो श्रेणीमा उक्लदा किमिख १७ बर्षको उमेरमै क्लबको पहिलो टोलीमा शुरुवाती ११ मा खेल्न थालिसकेका थिए ।

आफ्नो टिममा खेलेका अन्य साथीहरुभन्दा तीन देखि चार बर्ष कान्छो भएपनि उनी रोल मोडल र लिडर बनिसकेका थिए, स्रोफले सम्झिए ।

२०१४-१५ को सिजनमा दोश्रो श्रेणीमा उक्लिएको लाइपजिगले बायर्नसंग खेल्दै गर्दा त्यो समयका प्रशिक्षक पेप ग्वार्डियोलाको नजरमा किमिख परे ।

ग्वार्डियोलाले बायर्नमा राइट ब्याकको रुपमा खेल्दै पुर्व जर्मन कप्तान फिलिप लामको स्थान लिन सक्ने खेलाडी पाएको महसुस गरे ।

मलाई यो केटा मन पर्यो

किमिचलाई २०१६-१६ को सिजनमा किमिखलाई बायर्नमा बेच्दै राम्रो फाइदा गर्यो । “उनले फुटबलका आधारभुत कुराहरु स्टुटगार्टमै सिकिसकेका थिए । तर बायर्नको स्तर धेरै माथि थियो । राम्रो प्रशिक्षण र ड्रिम टिमले उनलाई अझै प्रोत्साह मिल्यो,” स्रोफले भने ।

लियोनल मेस्सी र आन्द्रेस इनिएस्टालाई युवा खेलाडीको रुपमा बार्सिलोनामा हुर्काएका ग्वार्डियोलाले खुलेरै किमिखको प्रशंसा गरे ।

“मलाई यो केटा मन पर्यो । उनीसंग जे पनि छ, जे पनि गर्न सक्छन् र सबै कुरा दिन्छन्,” ग्वार्डियोलाले भने ।

तर किमिखले सोझै बायर्नको पहिलो टोलीमा स्थान बनाउन सकेनन् । धेरैले उनलाई पत्याएनन् र उनले बेञ्चबाटै शुरुवात गर्नु पर्यो । तर उनले चाडै नै आफूलाई साबित गरे, स्रोफले सम्झिए । २०१९-२० मा बायर्नले ऐतिहासिक ट्रेबल (बुन्डेसलिगा, च्याम्पियन्स लिग र जर्मन कप) जित्दा किमिख सबैभन्दा महत्वपूर्ण खेलाडी बने ।

बायर्नका लागि उनले खेलेदेखि पछिल्लो ६ बुन्डेसलिगा उपाधि जितिसकेका छन् । उनी सेन्ट्रल मिडफिल्डरको रुपमा स्थापित भइसकेका छन् तर जर्मन प्रशिक्षक योआकिम लुले उनलाई राइट ब्याकको रुपमा खेलाएका छन् । यसमा उनी सफल पनि भइरहेका छन् ।

Click to comment

Trending